समाचार

इमाडोलको इनारमा खसेकी न्युटनको उद्धार

काठमाडौं । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार गरिएको छ । सोमबार बिहान इमाडोल कृष्णमन्दिर नजिकै एक घरको इनारमा २८ वर्षीया न्युटन प्रधानको उद्धार गरिएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए । उद्धार गरिएकी प्रधानलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ । उनी दोलखा घर भई इमाडोलमा डेरा गरी बस्थिन् । उनको खुट्टामा चोट लागेको हुनसक्ने बताइएको छ । कपडा धोएर सुकाउन जाने क्रममा इनारको स्ल्याब भाँच्चिएपछि खस्न …

पुरा पढ्नुहॊस »

इमाडोलको इनारमा खसिन् २८ वर्षीया न्युटन

काठमाडौं । ललितपुरको इमाडोलस्थित इनारमा एक महिला खसेकी छन् । सोमबार बिहान इमाडोल कृष्णमन्दिर पछाडिको इनारमा २८ वर्षीया न्युटन प्रधान खसेकी हुन् । प्रहरीलाई बिहान ९ः५० बजे घटनाबारे खबर भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए । अहिले उनको उद्धार गर्ने काम भइरहेको छ । प्रहरी प्रभाग इमाडोल र ललितपुरको महानगर प्रहरीको टोली पनि उद्धारका लागि खटिएको हो । दोलखा घर भएकी उनी इमाडोलमा भाडामा बस्ने गरेको …

पुरा पढ्नुहॊस »

बालिकालाई बलात्कार गर्ने नगर प्रहरी र सरकारी कर्मचारी पक्राउ, पीडितको पेटमा १८ हप्ताको गर्भ

काठमाडौं । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको खुलेको छ । बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ गरेको हो । पाँच जना पक्राउ परेपनि अन्य चार जना फरार छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिका-१४ घर भई गमगढी बजारमा बस्दै आएकी पीडितमाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामूहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले छायाँनाथ रारा नगरपालिका-५, कार्कीवाडाका …

पुरा पढ्नुहॊस »

धाराको पानी खाएर प्रधानमन्त्रीले गरे मेलम्चीको पानी पुनः वितरणको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँमा मेलम्चीको पानी पुनः वितरण कार्यको शुभारम्भ गरेका छन् । सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरण कार्यको शुभारम्भ गरेका हुन् । सो अवसरमा उनले काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए । खानेपानीको दिगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्य योजना …

पुरा पढ्नुहॊस »

चाडपर्वले नेपालीबिच बन्धुत्व कायम गर्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीजस्ता चाडपर्वले नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन् । माघी पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् । उहाँले माघी पर्वजस्ता विशिष्ट र मौलिक पहिचान भएका जात्रा तथा पर्व मनाउँदै सांस्कृतिक …

पुरा पढ्नुहॊस »

आजदेखि कहाँ-कहाँ आउँदैछ मेलम्चीको पानी ?

काठमाडौँ । मेलम्चीको पानी चौथो पटक काठमाडौँ उपत्यकावासीको धारामा आउँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सिंहदरबारमा आयोजना हुने कार्यक्रमबिच मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गरेपछि पानी उपत्यकावासीको धारामा पुग्ने भएको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले प्रधानमन्त्री ‘प्रचण्ड’ बाट शुभारम्भसँगै पानी उपत्यकावासीको धारामा पुग्ने जानकारी दिए । उनका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलबाट पुस २५ गते नै हेडवक्र्समा पानी पथान्तरण गरिएको छ । पानी सुन्दरीजल …

पुरा पढ्नुहॊस »

आज माघे सङ्क्रान्ति : तरुल, घ्यु, चाकु र खिचडी खाने दिन

काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व भोलि देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे सङ्क्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ। ती ठाउँमा भोलि विशेष मेलासमेत लाग्ने गर्छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ भने माघ १ गतेदेखि …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

राजनीतिक दलहरू जनता केन्द्रित हुनुको विकल्प छैन : प्रकाशमान सिंह

कास्की । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका पक्षमा इमानदार भएर काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग पोखरामा भएको भेटमा उनले केही समययता राजनीतिक परिस्थिति फेरिएकाले जनताले काम र राजनीतिक पारदर्शीकता खोजिरहेका बताए । ‘राजनीतिक इमानदारिता आजको आवश्यकता हो । जनताले पनि पारदर्शी रुपमा काम गर्ने नेता र पार्टीलाई विश्वास गर्छन् । निष्ठाको राजनीति गर्न कठिन भए पनि राजनीतिक दलहरू जनता केन्द्रित हुनुको विकल्प छैन’ नेता सिंहले …

पुरा पढ्नुहॊस »

जनमोर्चाकी दुर्गालाई राष्ट्रिय सभामा मनोनित गर्न प्रस्ताव

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यमा नियुक्त गर्न प्रस्ताव गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो प्रस्ताव गरेका हुन् । ‘हामीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता का. दुर्गा पौडेललाई राष्ट्रपतिद्वारा मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यका लागि प्रस्तावित गरेका छौँ’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यो पद मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिद्वारा मनोनीत हुने पद भएकाले …

पुरा पढ्नुहॊस »