१४ किलो सुन तस्करी प्रकरण : सीआईबी पनि अनुसन्धानमा जोडियो

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि जोडिएको छ ।

मंसिर २१ मा दुबईबाट नेपाल आएका गोरखा बारपाकका चन्द्रबहादुर घलेको साथबाट प्रहरीले १४ किलो सुन बरामद गरेको थियो । पक्राउ गरेलगत्तै चन्द्रले सुन गोरखाकै मीनबहादुर घलेको भएको बयान दिएपछि प्रहरी र भन्सार कार्यालयले उनलाई समेत पक्राउ गरेको हो ।

हाल भन्सार कार्यालयले सुन तस्करीको छानबिन गर्न भन्सार प्रमुख उपसचिव मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति समेत नै गठन भएको थियो । जसमा विमानस्थल प्रहरी कार्यालयका डीएसपी सूर्यप्रकाश सुवेदीसहित भन्सार अधिकृत मञ्जु थापा, प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा र लोकराज ढुंगाना सदस्य छन् ।

सोही समितिलाई सहयोग गर्न सीआईबीले समेत प्राविधिक विश्लेषण गर्ने टोली खटाएको हो । सीआईबीले सुनसहित पक्राउ परेकाहरूको मोबाइल फोनको कल डिटेल र प्राविधिक विश्लेषण गर्नेछ ।

१४ किलो सुन तस्करी प्रकरणमा हाल चन्द्रबहादुर, मीनबहादुर र विमानस्थलमा सरसफाइ गर्ने तीन कर्मचारी पक्राउ परेका छन् । भन्सारले सरसफाइ कर्मचारीका सुपरभाइजर सुशिला पाण्डे, कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई पक्राउ गरेको छ । उनीहरूमाथि अझै अनुसन्धान जारी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस