समाचार

‘वैदेशिक रोजगारीमा गएकाहरूबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स आएन’

काठमाडौँ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले वैदेशिक रोजागारीमा गएकाहरूबाट आउनुपर्ने ३८ खर्ब रेमिट्यान्स हराइरहेको बताएको छ । आइतबार अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८० को अवसरमा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । जिफन्टले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २०७८/०७९ मा २७७ प्रतिशत र २०७९/०८० मा ३ सय प्रतिशत भन्दा बढी श्रमिक वैदेशिक रोजगारीमा गएको बताएको छ । आ.व. २०७७/०७८ मा ४२.२४ प्रतिशत र आ.व. २०७८/०७९ मा …

पुरा पढ्नुहॊस »

आयोगद्वारा राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान, यस्तो छ रोलक्रम

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यका लागि दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम राजनीतिक दलको रूपमा निर्वाचनका लागि मान्यता प्राप्त गर्न देहायबमोजिमका १२ (बाह्र) राजनीतिक दलहरू दर्ता गर्ने निर्णय गरेको छ । यसरी दर्ता भएका दलहरुका लागि संवत् २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक …

पुरा पढ्नुहॊस »

रुस-युक्रेन युद्धमा परेका नेपालीको उद्धार गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रुस–युक्रेन युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ । रुसी सेनामा भर्ती भएका नेपालीमध्ये केहीको मृत्यु र केहीलाई युक्रेनले युद्धबन्दी बनाएपछि आयोगले आइतबार विज्ञप्ति जारी गर्दै उनीहरूको उद्धार गर्न आग्रह गरेको हो । “युद्धमा परी मृत्यु भएकाहरूको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन, घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न, स्वदेश फर्कन चाहने नेपालीहरूलाई कूटनीतिक पहलद्वारा स्वदेश …

पुरा पढ्नुहॊस »

प्लास्टिकको पोकाभित्र सालनालसहितको शिशुसहित एक पक्राउ

काठमाडौं । भारत विहार शिवहर नारायणपुर बस्ने ३२ वर्षीय हरिशचन्द्र कुमार सुडीलाई सालनालसहितको मृत शिशुसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । मलंगवा नगरपालिका–८ स्थित झिल्मिलिया मन्दिर नजिकै जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रूपमा खटिएको टोलीले जाँच गर्ने क्रममा सुडीले बोकेको प्लाष्टिकको पोकाभित्र सालनाल सहितको शिशु फेला पारी उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव …

पुरा पढ्नुहॊस »

उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग कांग्रेस सांसद चौधरीको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य छिटो तोक्न सरकारसँग माग गरेका छन् । सरकारले मूल्य तोक्न ढिलाई गर्दा उखु किसान मर्कामा परेको भन्दै सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएका हुन् । उखु उत्पादकमा लागि पकेट क्षेत्र मानिने नवलपरासी जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित चौधरीले कृषि तथा पशुपंक्षी विकास मन्त्रीलाई लिखित पत्र बुझाउँदै छिटो उखुको समर्थन मूल्य तोक्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । “नवलपरासी …

पुरा पढ्नुहॊस »

माल्टा पठाइदिने भन्दै ३ लाख ठग्ने पोसाक पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारका लागि माल्टा पठाइदिन्छु भन्दै ३ लाख ३० हजार ठगी गर्ने रामेछाप जिल्ला लिखु गाउँपालिका घर भई हाल मैपी बस्ने पोसाक सुनुवार पक्राउ परेका छन् । सुनुवारले प्रतिव्यक्ति रु. ९,५०,०००/- ( अक्षेरुपी नौँ लाख पचास हजार रुपैयाँ ) लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-( अक्षेरुपी …

पुरा पढ्नुहॊस »

यी हुन् मन्त्रिपरिषद्ले गरेका १६ निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। गत मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकले यो सहित अन्य १६ वटा निर्णय गरेको छ । साथै सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय पनि भएको छ । त्यस्तै, सरकारले कतारसँग सांस्कृतिक क्षेत्रमा एकआपसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय पनि आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। यस्ता …

पुरा पढ्नुहॊस »

स्केच सार्वजनिक गर्दा पनि मृतकको सनाखत भएन

काठमाडाैं । गत मङ्सिर ६ गते बोरामा मृत भेटिएका शवको अहिलेसम्म पनि सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय चितवनले मृतकको सनाखतका लागि मृतकहरुको स्केच सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन नसकेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार ‘डिजिटल मेनुप्लेट इमेज’ सार्वजनिक गरेको भए पनि अहिलेसम्म सनाखत हुन सकेको छैन । भरतपुर महानगरपालिका वडा नं १२ मिलनचोकस्थित पूर्व–पश्चिम लोकमार्गको गोन्द्राङ् केन्द्रीय बस टर्मिनल (बसपार्क) …

पुरा पढ्नुहॊस »

सर्वोच्च अदालतले टिकटक प्रतिबन्धबारे ५ महिनापछि मात्रै फैसला गर्ने

काठमाडौं । नेपालमा सर्वाधिक लोकप्रिय सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमाथि सर्वोच्च अदालतले तत्काल कुनै फैसला नदिने भएको छ । केही दिनअघिको संयुक्त इजलासले टिकटक प्रतिबन्ध खारेजीको माग गर्दै दायर भएका रिटहरूमाथिको सुनुवाइ पाँच महिनापछि धकेलिदिएको हो । सामाजिक सद्भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै २७ कात्तिकमा मन्त्रीपरिषद् बैठकले टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । त्यस लगत्तै सरकारको उक्त निर्णयले वाक् तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक अधिकार हनन् …

पुरा पढ्नुहॊस »

रुस-युक्रेन युद्धमा कैलालीका भरत शाहको मृत्यु

काठमाडौं । रुस-युक्रेन युद्धमा कैलाली टीकापुरका एक युवकको ज्यान गएको खुलेको छ । रुसी सेनाका तर्फबाट युद्धमा सामेल टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्युको खबर परिवारका सदस्यले केही दिन अघि पाएका हुन् । उनीहरुले आइतबार कुशको शव बनाएर भरतको अन्त्येष्टि गरेका छन् । २६ नोभेम्बर (मंसिर १० गते) नै भरतको मृत्यु भएको खबर भर्खरै पाएको उनका दाजु नाताका बिर्ख शाहले जानकारी दिएका छन् । भरतसँगै रुसी सेनाका तर्फबाट …

पुरा पढ्नुहॊस »