शंखरापुर नगरपालिका र मनास्लु वर्ल्ड कलेजबीच शैक्षिक सम्झौता

काठमाडाैं । शंखरापुर नगरपालिका र मनास्लु वर्ल्ड कलेजबीच विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालनको लागि एक सम्झौता भएको छ। नगरपालिकामा एक कार्यक्रम गरी सम्झौता पत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा शंखरापुर नगरपालिकाका नगर प्रमुख रमेश नापित, प्रमुख प्रशासकिय अधिकृत वासुदेब खनाल, नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठ, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सुकदेव नेपाल लगायत विभिन्न वडाका वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो।

शंखरापुर नगरपालिकाको तर्पmबाट नगर प्रमुख रमेश नापित र मनास्लु वर्ल्ड कलेजको तर्फबाट कलेजका अध्यक्ष गेन्द्र लामाले संयुक्त रुपमा हस्ताक्षर गरी कार्यक्रम सम्पन्न भएको हो।

जसअन्तर्गत मनास्लु वर्ल्ड कलेजले यस नगरपालिकाका एसइई उत्तीर्ण जेहेन्दार तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई यस नगरपालिकाको विषेश सिफारिसमा वार्षिक १० जनासम्मलाई १०+२ अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिने साथै स्तानक तहका लागि पनि छात्रवृत्ति प्रदान गरिनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मार्न गएका वडा सदस्यसहित पाँचजना पक्राउ

काठमाडाैं । करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा …

प्रतिकृया दिनुहॊस