काठमाडौं । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ् गर्न निषेध गरिएको छ । काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा पार्किङ् गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी गराइँदैछ । यस क्रममा आज विहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ्ग गरिएका मोटरसाइकलहरु …
पुरा पढ्नुहॊस »त्रिवि उपकुलपतिको दौडमा ४३ जना (नामसहित)
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उपकुलपति नियुक्तिका लागि गरिएको विज्ञापनमा ४३ जनाले आवेदन दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि दोस्रो पटक प्रकाशित गरिएको विज्ञापनमा उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिविको उपकुलपतिका लागि दरखास्त दिने अन्तिम मिति सोमबारसम्ममा केही पूर्वपदाधिकारीसहित ४३ जनाले आवेदन परेको छ । उपकुलपतिमा दरखास्त दिनेहरूमा विश्वविद्यालयका हालका निमित्त उपकुलपति प्राडा शिवलाल भुसाल, त्रिविका पूर्वउपकुलपति प्राडा तीर्थ …
पुरा पढ्नुहॊस »ओली आफैले प्रधानमन्त्रीलाई बुझाए ७५१ बुँदे माग
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मध्यपहाडका समस्याबारे सरकारलाई लिखित रूपमा जानकारी गराएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीले जनस्तरबाट आएका साढे ७ सय बढी मागहरू, समस्या, समस्या समाधानका उपायसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित जानकारी गराएको हो । ध्यानाकर्षणपत्र बुझाउँदै पूर्वप्रधानमन्त्री तथा अध्यक्ष ओलीले पार्टीले सञ्चालन गरेको अभियानले मध्यपहाडी क्षेत्रको जनजीवन, विकास निर्माण, जनताको मनोविज्ञान, राजनीतिक सहकार्यको स्थिति, समृद्धिको आकाङ्क्षा र सम्भावना …
पुरा पढ्नुहॊस »रुसबाट घाइते युवाको सन्देश- कोही पनि नआउनू, यहाँ एकदम डेन्जर छ
काठमाडौँ । रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका छन् । टिकटकमा एक भिडियो सन्देश जारी गर्दै ती युवाले भनेका छन्, ‘म गोली र बम लागेर घाइते भएको छु, यदि कोही नेपाली युवा रुसी सेनामा आउने सोचमा हुनुहुन्छ भने नआउनु होला । …
पुरा पढ्नुहॊस »न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा अब ‘नो पार्किङ’
काठमाडौं । काठमाडौंको नयाँ सडक (न्यूरोड) क्षेत्रमा मंगलबारदेखि खुला सडकमा सवारी पार्किङ गर्न नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङलाई निषेध गरेको हो । यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको सुविधा उपलब्ध हुने महानगरपालिकाले जनाएको छ । काठमाडौं टावरमा ३०० वटा चारपाङ्ग्रे सवारी साधन र ७०० वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । काठमाडौं महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज मनोरञ्जन पूर्ण दिन रहनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »रविले सार्वजनिक गरे ‘रकम बुझिलिएँ’ भनेर गरिएको कागज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘रकम बुझिलिएँ’ भनेर कागज गरेको उल्लेख गरेका छन् । ग्यालेक्सी फोरके टेलिभिजनमा रहँदा सहकारीको रकम ठगी गरेको आरोप लागेपछि सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका उनले राति सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै ‘रकम बुझिलिएँ’ भनेर कागज गरेको बताएका हुन् । स्टाटसमा लेखिए १ करोड ८० लाख रकम नलिएको भए पनि रकम बुझिलिएँ भनेर गरेको कागज भने गरिएको हो । तर त्यो …
पुरा पढ्नुहॊस »बागमतीसहित यी प्रदेशमा हिमपातको सम्भावना, तराईमा हुस्सु
काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु / कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने महाशाखाको भनाई छ । साथै चिसोबाट समेत …
पुरा पढ्नुहॊस »सप्तरीमा प्रहरी र जनमत कार्यकर्ताबीच झडप : मधेसका शिक्षामन्त्री र तीन सांसद घाइते
काठमाडौं । सप्तरीमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रमलाई जनमत पार्टीका कार्यकर्ताले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले बल प्रयोग गरेपछि प्रहरीमाथि नै आक्रमण हुन थालेपछि अवस्था तनावग्रस्त भएको हो । प्रहरीसँगको झडपममा मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्य सतिश सिंह, रञ्जु खंगलगायत घाइते भएका छन् । झडपा परेर मन्त्री यादवको नाकमा चोट लागेको छ । प्रहरीले …
पुरा पढ्नुहॊस »माओवादीले पेरिसडाँडामा किन्यो ५ करोड ७७ लाखमा जग्गा, आम्दानी घट्यो
काठमाडौं । पार्टीको वार्षिक आम्दानी घटिरहेको विवरण दिएको नेकपा माओवादी केन्द्रले हालै मात्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा थप ८ आना जग्गा किनेको छ । पार्टी कार्यालय साँघुरो भएको भन्दै माओवादीले यो जग्गा खरिद गरिएको हाे । पार्टीका कार्यकर्ता, सांसद र मन्त्री मात्र पार्टीको आम्दानीका मुख्य स्रोत हुन् । माओवादीले हालै ५ करोड ७७ लाख २८ हजार ७ सय ५० रुपैयाँमा केन्द्रीय कार्यालयको मूलगेट बाहिरको ८ आना जग्गा खरिद गरेको हो …
पुरा पढ्नुहॊस »