काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम तयार गरेको छ । गृह सचिव दिनेश भट्टराईको नेतृत्वमा भिजिट भिसाको प्रयोगबाट सिर्जित समस्यालाई समाधान गर्न भन्दै अल्पकालीन मापदण्ड तय गरिएको हो । नयाँ मापदण्ड आजैदेखि लागू भएको छ । भिजिट भिसा र यसबाट सृजित समस्या तथा समाधानका उपायहरू सिफारिस गर्न गठित कार्यदलले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्न छुट्टै कार्यविधि तयार भई नआउन्जेलसम्म अध्यागमन विभागले यो मापदण्ड लागू गरेको …
पुरा पढ्नुहॊस »काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस
काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका अधिकांश स्थानहरूमा हुस्सु / कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, …
पुरा पढ्नुहॊस »आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)
आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।
पुरा पढ्नुहॊस »मधेस सरकारबाट बाहिरियो जनमत,समर्थन फिर्ता
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । जनमत पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्दै मुख्यमन्त्री सरोज कुमार यादवलाई दिँदै आएको समर्थन समेत फिर्ता लिएको जनाएको छ । जनमत पार्टीका नेता चन्दन सिंहले सरकारलाई दिएको समर्थन फिर्तासँगै मन्त्रीहरुले पदबाट राजीनामा दिइसकेको जानकारी दिए । सत्ताको नेतृत्व गरेको दल जसपासँग विवाद उत्पन्न भएपछि जनमत सरकारबाट बाहिरिएको जनाइएको छ । मधेसमा जनमतबाट २ मन्त्री र एक राज्यमन्त्री सरकारमा …
पुरा पढ्नुहॊस »भिजिट भिसामा विदेश जान नियम परिवर्तन, यी ६ कागजपत्र अनिवार्य
काठमाडौँ । अध्यागमन विभागले बुधबारदेखि भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्ने नेपाली नागरिकहरूका केहि नियम परिवर्तन गरेको छ । मंगलबार विभागले यात्रा परामर्श जारी गर्दै भिजिट र पर्यटन भिसामा विदेश जान आवश्यक पर्ने कागजातहरू विवरण सार्वजनिक गरेको हो । भिजिट भिसामा विदेश जाने नाममा ठगिने र दलालमार्फत ठुलो रकम लिने गरेका घटना बढेकाले विभागले केहि नियम परिवर्तन गरको छ । जस अनुसार अब भिजिट भिसामा विदेश जानेले कम्तिमा ६ …
पुरा पढ्नुहॊस »८० किलो गाँजासहित दुईजना पक्राउ
काठमाडौं । देवानगंज गाउँपालिका-६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय राम बहादुर राई रहेका छन् । अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले रासिबाट भारततर्फ जाँदै गरेको को.१ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोको विभिन्न भागमा लुकाई राखेको उक्त परिमाणको गाँजा फेला पारी चालक कुमार र अटोमा सवार राम …
पुरा पढ्नुहॊस »संसद्को अधिवेशन माघ २२ गते बोलाउने निर्णय
काठमाडौं । सरकारले संसद्को अधिवेशन माघ बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले संसद्को अधिवेशन माघ २२ गते साँझ ४ बजे बोलाउने निर्णय गरेको हो । सङ्घीय संसद्को दुवै सदनको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । ‘यही माघ २२ गते अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ उनले भनिन् ।
पुरा पढ्नुहॊस »सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा मन्त्रालयले माग्यो सुझाव
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘सामाजिक सञ्जाल (प्रयोग तथा नियमन) ऐन, २०८०’ सम्बन्धी विधेयकमाथि सुझाव मागेको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित प्रयोग गर्न तथा सामाजिक सञ्चालको दुरुपयोगको कारण व्यक्ति र समाजमा पर्नसक्ने नकारात्मक प्रभावलाई निरुत्साहित गर्न ऐन ल्याउन लागेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाइ सामाजिक सञ्जालको …
पुरा पढ्नुहॊस »हतियारको अवैध व्यापार रोकिनु पर्छ : परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले साना हतियारको अवैध व्यापार रोक्नुपर्ने बताएका छन् । साना हतियारको अवैध व्यापार एवम् प्रयोग नियन्त्रण गर्ने सम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्ययोजनाको चौंथो पुनरावलोकनका लागि काठमाडौंमा सुरु भएको एसिया प्रशान्त क्षेत्रको तीन दिने तयारी बैठकमा उनले साना हतियारको प्रयोग नियन्त्रणका लागि देशको आन्तरिक क्षमता बढाउनु पर्ने बताएका हुन् । ‘साना हतियारको अवैध व्यापार र त्यस्ता हतियारको प्रयोग नियन्त्रणका लागि देशको आन्तरिक क्षमता बढाउनु पर्दछ,’ परराष्ट्रमन्त्री साउदले भने, …
पुरा पढ्नुहॊस »पार्किङ निषेधपछि न्युरोडका व्यावसायी सटर बन्द गरेर सडकमा
काठमाडौं । काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि सडकमा पार्किङ गर्न रोक लगाएपछि न्युरोड क्षेत्रका व्यावसायीले विरोधमा उत्रिएका छन् । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरिएपछि सटर बन्द गरेर व्यवसायी सडकमा विरोध प्रदर्शनमा उत्रिएका हुन् । सवारी आवागमनलाई सहज बनाउन महानगरले विकल्प दिँदै पार्किङ रोके पनि व्यवसायीले विरोध गरेका हुन् । पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन् । काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन …
पुरा पढ्नुहॊस »