समाचार

भारतमा दुई नेपालीको शव क्षतविक्षत अवस्थामा फेला

काठमाडौं । भारतको कर्नाटक राज्यको नघबारामा दुई नेपाली मृत फेला परेका छन् । कञ्चननपुरको भीमदत्त नगरपालिका–५ का ३३ वर्षीय दिपक खड्का र डोटीका लक्ष्मणसिंह विष्ट मृत फेला परेका हुन् । बुधवार रातिदेखि बेपत्ता रहेका उनीहरूको शव क्षतविक्षत अवस्थामा बिहीवार बिहान रेलवे नजिक भारतीय प्रहरीले फेला पारेको मृतक दिपकका दाजु इश्वर खड्काले बताए । दिपकको शव चिनिने अवस्थामा रहेको भए पनि लक्ष्मणको शव टाउको नभएको अवस्थामा फेला परेको छ । उनीहरूसँग …

पुरा पढ्नुहॊस »

सातै प्रदेशका अधिकृतको कार्यालयमा पुर्याइयो मतपत्र

काठमाडौँ । माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभासदस्य निर्वाचनका सबै मतपत्रहरू छपाई गरी सातै प्रदेशका निर्वाचन अधिकृतहरूको कार्यालयमा पुर्याउने कार्य सम्पन्न भएको छ । तोकिएको समय (मिति २०८० माघ ५ गते) मा नै निर्वाचन आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरू छपाई गरी निर्वाचन अधिकृतहरूको कार्यालयमा पुर्याइएको हो । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको …

पुरा पढ्नुहॊस »

सन् २०२३ : स्थायी बसोवास गर्ने गरी बिदेसिए ७१ हजार नेपाली

काठमाडौं । सन् २०२३ मा १६ लाखभन्दा बढी नेपाली विदेश गएका छन् । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै विदेश जानेको हो । अध्यागमन विभागले सोमबार सार्वजनिक गरेको विवरणानुसार, गत वर्ष अर्थात् २०२३ जनवरी १ देखि डिसेम्बर ३१ सम्मको अवधिमा १६ लाख तीन हजार ८३६ नेपाली विदेश गएका छन् । यो अवधिमा विदेश जाने नेपालीमध्ये ११ लाख ७१ हजार १८६ पुरुष छन् । चार लाख ३२ हजार ५८४ महिला …

पुरा पढ्नुहॊस »

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको बस खिमतडीमा खस्यो

काठमाडाैं । दार्चुलामा बस दुर्घटना भएको छ । दार्चुलाबाट महेन्द्रनगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२००१ ख १०३१ नम्बर को बस महाकाली नगरपालिका-५ खिमटडीमा दुर्घटना भएको हो । दुर्घटना परी चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । घाइतेहरूको विवरण तथा दुर्घटनाको कारण अहिलेसम्म नखुलेको प्रहरीले जानकारी दिएको छ ।

पुरा पढ्नुहॊस »

दुई करोड नगदसहित समातिए कपडा व्यापारी, हुण्डीमा संलग्न रहेको आशंकामा निगरानीमा थिए अग्रवाल

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजश्व छली गरेको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ । बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा विभागको टोलीले छापा मारी दुई करोड नगदसहित उनलाई पक्राउ गरेको हो । उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ । अग्रवालको साथबाट दुई हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ । अग्रवाल सुन र हुन्डी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहेको …

पुरा पढ्नुहॊस »

वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । बिरामी रहेका वैद्यलाई राति अझ चापेपछि अस्पताल लाने क्रममै बिहीबार राति साढे १२ बजे निधन भएको हो । उनलाई भ्याली अस्पताल लगिएको थियो । ७७ वर्षका गायक वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल …

पुरा पढ्नुहॊस »

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक जमघटमा सहभागीको अवसर मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

पुरा पढ्नुहॊस »

वरिष्ठ ऊर्जा तथा जलस्रोत पत्रकार थापा इपानद्वारा सम्मानित

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)ले वरिष्ठ पत्रकार विकास थापालाई सम्मान गरेको छ । इपानले २४औं वार्षिकत्सवको अवसरमा वरिष्ठ ऊर्जा तथा जलस्रोत पत्रकार थापालाई सम्मान गरेको हो । उनी जलसरोकार डटकमका प्रधानसम्पादक हुन् । थापा लामो समय ऊर्जा क्षेत्रमा कलम चलाएर ऊर्जा क्षेत्रको विकासमा योगदान पुर्याएबापत वापत सम्मानित भएका हुन् । कान्तिपुर दैनिकबाट पत्रकारिता सुरु गरेका थापाले अन्नपूर्ण पोस्ट्, इकागज हुँदै हाल जलसरोकारको प्रधान जिम्मेवारीमा निर्वाह गरिरहेका छन् …

पुरा पढ्नुहॊस »

सूचना प्रविधि समितिले माग्यो टेरामक्स र एमडिएमएस खरिदका कागजात

काठमाडाैं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले टेरामक्स र एमडिएमएस खरिदका सबै कागजात मगाएको छ । बिहीबार बसेको समितिको बैठकले एक साताभित्र यससम्बन्धी सुरूदेखिका कागजात उपलब्ध गराउन निर्देशन दिएको हाे । कागजात प्राप्त भएपछि समितिले विज्ञहरूसँग छलफल गर्ने तयारी गरेको छ । एमडीएमएस र टेरामक्स दुवै प्रविधि नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेका हुन् । अनियमितताका कारण दुवै खरिदका निर्णय विवादमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान …

पुरा पढ्नुहॊस »

मृत अवस्थामा भेटिइन् बक्सिङ खेलाडी गोसाई

काठमाडौं । सशस्त्र प्रहरी बलकी बक्सिङ खेलाडी निता गोसाईं मृत फेला परेकी छन् । २८ वर्षीया गोसाईं भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत फेला परेकी हुन् । सशस्त्रकी सिपाहीसमेत रहेकी गोसाईं मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । गोसाईंका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए । उनले आत्महत्या गरेको प्रहरीको अनुमान छ। गोसाईंको केही समयपछि विवाह गर्ने तयारी …

पुरा पढ्नुहॊस »