समाचार

कोशीको एकबाहेक सबै प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं । राष्ट्रिय सभाको १९ सिटको निर्वाचनको परिणाम आएसँगै राष्ट्रिय सभामा माओवादी केन्द्र पहिलो दल बनेको छ । बिहीबार सम्पन्न निर्वाचित सांसदहरुको कार्यकाल भने आगामी फागुन २० गतेदेखि शुरु हुने छ । यो निर्वाचनपछि हाल पहिलो दल रहेको नेकपा एमाले तेस्रो दल बनेको छ । अब राष्ट्रिय सभामा माओवादी केन्द्रका सबैभन्दा धेरै १८ सांसद भएका छन् । त्यस्तै माओवादीपछि नेपाली कांग्रेसका १६ सांसद भएका छन् भने एमालेका १० सांसद रहने …

पुरा पढ्नुहॊस »

मुगुमा भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु, स्वास्थ्य चौकीमा सिटामोल अभाव

काठमाडौं । मुगुको सोरुगाँउपाली-६ पुरुमुरु गाउँमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्युभएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका-६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका-६ जिमा गाँउका कर्णजित बुमीले बताए । जिल्लाका पुरुमुरु, जिमा, भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च, लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् । गाँउभर बिरामी छन् तर स्थानीय …

पुरा पढ्नुहॊस »

राम्रो कामलाई पनि नराम्रो भनेर प्रचार गर्ने बढे : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको बताएका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायाधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति सामाजिक सद्भाव र एकतालाई खलबल्याउन र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको जनाउँदै संविधान र कानुनको पालना गर्न …

पुरा पढ्नुहॊस »

गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी नियुक्त

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा ज्योती जोशी भट्ट नियुक्त भएकी छन् । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागकै उपमहानिर्देशकका रुपमा कार्यरमत जोशीलाई महानिर्देशक बनाउने निर्णय गरेको हो । यसअ‍घि यही माघ ३ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेसँगै रिक्त हुन पुगेको पदमा मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन् । उनको नियसक्तिसँथै ‍गुणस्तर …

पुरा पढ्नुहॊस »

आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत गरौं : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेको दिनदेखि देश बन्न सुरु हुने बताएका छन् । उनको सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत गर्नसक्नुपर्ने उनको भनाई छ । ‘संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसद्ले सर्वदलीय प्रतिबद्धता गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुन्छ । त्यसपछि मिडियारसोसल मिडियामा कसैलाई …

पुरा पढ्नुहॊस »

क्यानडा पठाइदिन्छु भनेर ठग्ने २ विदेशीसहित ६ जना पक्राउ

काठमाडौं । कास्की- क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई विदेशीसहित ६ जना पक्राउ परेका छन् । मंगलबार कास्की प्रहरीले पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित होटलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्यानडा अलवर्ट राज्य क्यालगोरी सिटीका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्य प्रदेशका ३२ वर्षीय ईस्मत कौर रहेका छन् । यस्तै, पोखरा–१३ पाटनवेशीकी ६५ वर्षीया पार्वती सुनार, पोखरा–९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रिता सुनार, स्याङ्जाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीया …

पुरा पढ्नुहॊस »

अब त्रिविका ट्रान्सक्रिप्ट र मार्कसिट अनलाइनबाटै (प्रक्रियासहित)

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका विद्यार्थीहरूले अब ट्रान्सक्रिप्ट र मार्कसिट लिनका लागि परीक्षा नियन्त्रण कार्यालय धाउनु नपर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले कार्यालयका सेवालाई अनलाइन प्रणालीमा लगेको हो । कार्यालयले यही माघ १५ गतेदेखि अनलाइनको माध्यमबाटै सेवा लिन सकिने गरी व्यवस्था गरिएको जनाएको छ । परीक्षा समयमै नहुने, भएका परीक्षाको पनि मार्क सिट र अन्य कागजात लिन विद्यार्थीले धेरै दुख पाउनुपर्ने गुनासो बढेपछि त्रिवि परीक्षा कार्यालयले सेवालाई सहज …

पुरा पढ्नुहॊस »

राष्ट्रियसभा निर्वाचनको मतदान जारी, बेलुकासम्म नतिजा आइसक्ने

काठमाडौं । सातै प्रदेशका मतदान केन्द्रहरूमा बिहान ९ बजेखि मतदान सुरू मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरू गरी आजै परिणाम सार्वजनिक गर्ने आयोगको तयारी छ । मतदान सकिएको तीनरचार घण्टाभित्रै परिणाम घोषणा हुने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।

पुरा पढ्नुहॊस »

मेनुका पौडेलले अब आँखा देख्न सक्ने !

काठमाडौं । इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भइसकेकी मेनुका पौडेल उपचारपछि देख्न सक्ने हुने बताइएको छ । इण्डियन आइडलको पछिल्लो एपिसोडमा दिइएको जानकारीअनुसार विशेष डिभाइसको मद्दतमा अब मेनुकाले हिंड्न, मान्छे चिन्न र पढ्नसक्नेछन् । मेनुकालाई यो उपचारमा इण्डियन आइडलले मद्दत गर्ने भएको हो । आइडलकै टिमले उनलाई मुम्बईका एक प्रतिष्ठित नेत्र चिकित्सककहाँ लगेर आँखाको चेकअप गराएको थियो । चेकअपमा मेनुकाको आँखाको नर्भ्सले काम नगरेकाले उनले पूर्णरुपमा दृष्टि पाउन नसक्ने …

पुरा पढ्नुहॊस »

दैलेखमा अब पेट्रोलको भण्डारण र गहिराइ मापन

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । जिल्लाको पश्चिमी भैरवी गाउँपालिका-१ मा रहेको जलजलेमा दोस्रो तथा अन्तिम चरणको पेट्रोलियम पदार्थको अन्वेषणको ८० प्रतिशत काम सम्पन्न भएको हो । पेट्रोलियम पदार्थ अन्वेषण क्षेत्रका २७ घरपरिवारले प्रतिरोपनी १ लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा पाएका छन् ।

पुरा पढ्नुहॊस »