काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेको दिनदेखि देश बन्न सुरु हुने बताएका छन् । उनको सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।
आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत गर्नसक्नुपर्ने उनको भनाई छ । ‘संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसद्ले सर्वदलीय प्रतिबद्धता गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुन्छ । त्यसपछि मिडियारसोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नाङ्गो भइरहनु पर्दैन’, उनले लेखेका छन्, ‘आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौँ, तलबी सेना अफ बिटमा ननचाऔँ । फेस गरौँ, फेस नलुकाऔँ ।’
सभापति लामिछानेले व्यवस्थाका केही हाइज्याकरहरुको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्छ देश बन्ने तर्क गरे । ‘व्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ । नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर)हरुले लामो छुट्टी लिए, सामाजिक सञ्जाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो,’ स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै, पेलेको पेल्यै, पेलेको पेल्यैपनि नगरौँ, देश बन्छ,’ उनले अगाडि भनेका छन्, ‘देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्छ ।’
प्रतिकृया दिनुहॊस