स्वास्थ्यमन्त्री बस्नेतको चिन्ता- अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताएका छन् । सोमबार शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गरे ।

उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरू रहेको पनि बताएका छन् । कमजोरीहरूलाई हटाएर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ । उनले जनसंख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरू पनि बढ्दै जान आवश्यक रहेको बताए । देशमा कामै नपाउने अवस्था रहेको भन्दै उनले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अप्ठ्यारो भइरहेको उल्लेख गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बीआरआइबारे निर्णय लिन छलफलमा कांग्रेसका शीर्ष नेताहरू

काठमाडौं । सत्तारुढ ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) …

प्रतिकृया दिनुहॊस