दूधेबालकसहित स्वास्थ्य चौकी हिँडेकी यमुना मृत भेटिइन्

काठमाडाैं । यमुना भुर्तेल चापागाईँ आइतबार आफ्नो २५ दिनको बालकसहित घरबाट निस्केकी थिइन् ।

पाँचथरको याङवरक गाउँपालिका गणेश चोक छेउ ढाँडगाउँ बस्ने उनी बालकलाई खोप लगाउन भन्दै घरबाट निस्केकी थिइन् । ‘हिजो बिहान ११ बजेतिर घरबाट परेवाडाँडा स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन घरबाट हिँडेकी रहिछन् । बेलुका नाङखोल्याङको सेसम्बुमा एकजना आमाले भेटाउनु भएको रहेछ, तर माइतीघरसम्म आइपुगिनन्’ यमुनाका बुवा जय भुर्तेलले भने ।

उनको माइती घर आठराई त्रिवेणी गाउँपालिका-२ फूलबारी चोकपुर हो । सोमबार उनको शव आठराई त्रिवेणी गाउँपालिका-२ माटेको तमोर नदी किनारमा फेला परेको छ । शिशुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताए ।

उनले बोक्ने मोबाइल र लगाएको केही कपडा आइतबार तमोर नदी किनारमा भेटिएको थियो । त्यसैको आधारमा प्रहरीसहित स्थानीयले नदी किनारमा खोजी गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बीआरआइबारे निर्णय लिन छलफलमा कांग्रेसका शीर्ष नेताहरू

काठमाडौं । सत्तारुढ ठूला दलहरू नेकपा एमाले र नेपाली कांग्रेसबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) …

प्रतिकृया दिनुहॊस