विना पैसा दैनिक ४० जना बालबालिकालाई पढाउँछिन् सबिता

काठमाडाैं । रौतहटकाे बृन्दावन नगरपालिका–६ सिसवाटोलकी सबिता दास काखमा नानी च्यापेर बिहान बेलुकी एउटै चटारोमा भेटिन्छिन्- गाउँभरिका दलित तथा गरिब बालबालिकालाई ट्युसन पढाउँदै ।

बालबालिकाहरू ढोका ढक्ढक्याउन पुग्छन् अनि दिक्क नमानी पढाउँछिन्। विद्यालयमा के सिकेर आए, गृहकार्य के गर्दै छन् भन्ने सोध्छिन् । चार वर्षदेखि उनी यही काम गरिरहेकी छन्। प्लस टु पास गरेकी दासले हिजोआज गाउँका गरिब तथा विपन्न परिवारका छोराछोरीलाई निःशुल्क पढाएकी छन्। नर्सरीदेखि कक्षा ५ सम्मका करिब ४० जना बालबालिकाहरू उनीकहाँ आउँछन् ।

बिहान दुई र बेलुका दुई गरी चार घण्टा उनले बालबालिकालाई गृहकार्य गराउने, नयाँ पाठ पढाउने, सिकाउने र बुझाउने गर्छिन् । गरिब तथा विपन्न परिवारलाई शिक्षाको स्तर उकास्न पढाउने गरेको उनी बताउँछिन्। उनको यो कामका लागि एउटा गैरसरकारी संस्थाले मासिक १ हजार दिने गरेको छ। यो खबर आजको राजधानी दैनिकमा रौतहटबाट महेश तिमलसिनाले लेखेका छन्।

रौतहटको बृन्द्धावन नगरपालिकालगायत जिल्लाका विभिन्न १४ स्थानमा विपन्न बालबालिकाहरूका लागि सबिताजस्तै शिक्षिका खोजिएको छ । विद्यालय नगएका र जान नसकेका बालबालिकाहरूलाई निःशुल्क ट्युसन शिक्षा दिइने गरिएको छ।

आफूले शिक्षा दिएका बालबालिका कक्षामा अब्बल साबित भएको उनी बताउँछिन् । त्यसैले एक प्रकारले उनी निःशुल्क शिक्षिका पनि साबित हुन थालेकी छन् । अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय नपठाउने गरेको अवस्थामा ट्युसन शिक्षा दिएको उनको भनाइ छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस