एक करोडमा निर्माण भएको शीतभण्डार वर्षौंदेखि प्रयोगविहीन

सिन्धुली । गोलान्जोर गाँउपालिका -४ तीनकन्याका कृषक बेगबहादुर आले कमलामाई नगरपालिका – ४ दोभानटारमा  शीत भण्डार भवन निर्माण हुदाँ निकै उत्साहित थिए । शीत भण्डार निर्माण भएपछि आफ्नो बगैंचामा उत्पादित जुनार बेमौसममा पनि बेच्न पाउने र मुल्य पनि राम्रै पाउने भयो भन्दै उत्साहित आले अहिले शीत भण्डार प्रयोगविहीन हुदाँ दुःखी छन् ।

कृषक बेगबहादुर आले बिदेसीले जुनारलाइ नै लक्षित गरेर करोड खर्च गरि निर्माण गरिदिएको भवन प्रयोगमा ल्याउन नसक्नु दुर्भाग्य ठान्छन । ‘‘हाम्रो लागि त्यत्रो भवन जुनार राख्न बनाइ दिएका छन, हामीले सञ्चालनमा ल्याउन सकेनौं,’ उनले भने । शीत भण्डार सञ्चालन नहुदा जुनारबाट उचित मुनाफा लिन नसकेको उनको दुखेसो छ ।  शीत भण्डार प्रयोगविहीन हुदाँ बेगबहादुर मात्र हैन जिल्लाका सयैँ जुनार किसान दुखी छन् ।

शीत भण्डार निर्माण भएपछि उत्साहित अर्का जुनार किसान हरिबाबु गजुरेल वर्षै देखि भण्डार प्रयोगविहीन हुदाँ निरास छन्। उनले भने, ‘मौसमी तरकारी तथा फलफुल भण्डारण गरि बेमौसममा बिक्री गर्दा कृषकलाई राम्रै आम्दानी हुन्थ्यो । अहिले त्यो सुविधाबाट कृषकहरु बञ्चित हुदै आएका छन् ।’  एक करोड लागतमा सिन्धुलीको कमलामाई नगरपालिका – ४ दोभानटारमा निर्माण भएको शीत भण्डार भवन वर्षै देखि प्रयोगविहीन भएको छ ।

बेमौसममा पनि सिन्धुलीको जुनार सुपरजोन क्षेत्रमा उत्पादीत रसिलो जुनारको स्वाद उपभोक्तालाई चखाउने उदेश्यका साथ निर्माण भएको शीत भण्डार भवन हाल प्रयोगविहीन भएको हो । विशेषगरी जिल्लामा उत्पादित जुनारलाई भण्डारण गरी बेमौसममा बिक्रि वितरण गर्ने गरी भवन निर्माण भएपनि हाल सञ्चालन नहुदाँ जुनार किसान र उपभोक्ता निराश भएका हुन् । ३६० मेट्रिक्टन क्षमताको उक्त शीत भण्डार प्रयोगमा नआउदा जुनार, तरकारी तथा अन्य फलफुल भण्डारण गरि बेमौसममा विक्री गर्न नपाएको गुनासो कृषकहरुको छ ।

करिव १० वर्ष अघि निर्माण भएको भवनमा दुई सिजन जुनार तथा आलु भण्डारण गरिएको थियो । तर त्यसपछि खर्च धान्नै नसकेर प्रयोगमा आउन नसकेको सञ्चालकको भनाइ छ ।  एक करोड लागतमा निर्माण भएको शीत भण्डारको कुल लागत मध्ये जापानी राजदुतावासको अनुदान ६० लाख रुपैया र बाँकी रकम तत्कालिन समयमा जिविस, गाविस र जुनार उत्पादक कृषकहरुबाट जुटाईएको निर्माण कार्यमा संलग्न जुनार विकास संघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस