काठमाडौं । पशुपतिनाथलाई पछिल्लो सात वर्गामा ६८ करोड २० लाख रुपैयाँ भेटी प्राप्त भएको छ । पशुपति विकास कोषले गत आर्थिक वर्षको असार मसान्तसम्म प्राप्त हुन आएको भेटीका आधारमा तथ्य सार्वजनिक गरेको हो ।
पशुपति क्षेत्र विकास कोषका उपनिर्देशक प्रेमहरि ढुंगानालो पशुपतिनाथलाई सरदर वार्षिक १३ करोड भेटी प्राप्त भइरहेको जानकारी दिएको खबर गोरखापत्र दैनिकमा छ । २०६८ सालअघि पशुपतिनाथको भेटीको गणना गर्ने चलन थिएन ।
यो वर्षमा साउन महिनाको सोमबार, बोलबम यात्र, हरितालिका तीज र जनैपूर्णिमामा प्राप्त भेटी भने गणना भइरहेको छ । पशुपति विकास कोषका अनुसार भेटी गणनामा १२ भन्दा बढी कर्मचारी खटिएका छन् । तीन वर्षअघि २०७२ सालको भूकम्प र यसपछिको एक वर्ष कम भेटी प्राप्त भएको थियो ।
प्रतिकृया दिनुहॊस