युवकको शव फेला

कञ्चनपुर । वेदकोट नगरपालिकाको सामादैजी नजिक पूर्व–पश्चिम राजमार्गमा करिब २२ वर्षीय युवकको शव फेला परेको छ। सडकमै शव देखेपछि स्थानीयले सोमबार बिहान प्रहरीलाई खबर गरेका हुन्।

युवकको बाया कन्चटमा खोस्रिएको जस्तो घाउ देखा परेकाले सवारी साधानको ठक्कर दिएको हुनसक्ने आशंंका गरेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले बताए। उन भने, ‘शवबारे आवश्यक अनुसन्धानको कार्य अगाडि बढाएका छौं।’

प्रहरी निरीक्षक अवस्थीका अनुसार ती युवक दैजी क्षेत्रमा देखा परेको र सुस्तमनस्थितिको रहेका थिए। मृतकको सनाखत हुन सकेको छैन। शव परिक्षणका लागि महाकाली अञ्चल अस्पतालमा लगिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघ चुनाव : प्रकाशित सदस्यता नामावलीप्रति ५२ शाखा अध्यक्षको आपत्ति

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचनका लागि प्रकाशित सदस्यता नामावलीप्रति ५२ वटा जिल्ला शाखाका अध्यक्षहरूले आपत्ति जनाएका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रकाशित नामावलीप्रति आपत्ति जनाउका हुन् ।

प्रतिकृया दिनुहॊस