पर्यटन क्षेत्रको व्यापारका बारेमा सर्वेक्षण गर्दै सरकार

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले साढे सात करोड रुपैयाँ खर्चेर आन्तरिक पर्यटक उपभोग सर्वेक्षण र वितरणात्मक व्यापार सर्वेक्षण गर्ने तयारी गरेकाे छ । विभागले चार करोड रुपैयाँ खर्चेर आन्तरिक पर्यटक उपभोग सर्वेक्षण र साढे तीन करोड खर्चेर वितरणात्मक सर्वेक्षण गर्ने तयारी गरेको हो ।

पर्यटन खर्चका लागि पर्यटन बोर्डसँग विभागले आग्रह गरेको छ भने व्यापार सर्वेक्षणका लागि सरकारले नै खर्च उपलब्ध गराउनेछ । यी दुवै सर्वेक्षणको लागि अर्थ मन्त्रालयसँग बजेट माग गरी पठाएको विभागका निर्देशक डा.जिष्णुमोहन भट्टराईले बताए । साथै विभागले वितरणात्मक व्यापार सर्वे पनि गर्ने भएको छ । साढे तीन करोड रुपैयाँ खर्च गरेर गरिने उक्त सर्वेक्षण पनि नेपाल सरकारकै खर्चमा गर्न लागिएको हो ।

देशभित्र घुम्न जाने पर्यटनको संख्या र उनीहरूले गर्ने खर्चको अवस्थाको जानकारी प्राप्त गर्नको लागि विभागले यो सर्वेक्षण गर्न लागेको हो ।

सरकारले ग्रामीण र सहरी क्षेत्र दुवैलाई समेटेर पाइटल सर्वेक्षण गर्नेछ । पाँच सय घरपरिवारमा गरिने उक्त सर्वेक्षणले मुख्य सर्वेक्षण गर्न सहयाग गर्ने विश्वास विभागले लिएको छ । सरकारले ५० लाख रुपैयाँ खर्चेर विभागले पाइलट सर्वेक्षण गर्न लागेको हो । उक्त सर्वेक्षणबाट आएको नतिजाका आधारमा मुख्य सर्वेक्षण गरिने छ ।

शहरी र ग्रामीण दुवै क्षेत्रलाई समेट्ने गरिने उक्त सर्वेमा समेटिएका प्रश्नावलीले आन्तरिक परिवारले घुम्ने अवधिदेखि गर्ने खर्चसम्मका विषय वस्तु समेटिएका छन् । यस सर्वेक्षणको लागि विभागले १० पेजको प्रश्नावली तयार पारेको छ । आन्तरिक पर्यटकले एक वर्षमा गरेको यात्रा तथा सो यात्रामा गरेको खर्चको विवरण समेटिने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री