स्कुटर दुर्घटनामा चालकको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका–६ घलाटेमा शनिबार बिहान ५ बजे भएको स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा सिन्धुपाल्चोक लिसंखुपाखर-२ का २६ वर्षीय रञ्जिव लामा रहेको महानगरिय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए।

दुर्घटनामा घाइते भएका रामेछाप सुनापाती-४ घर भइ भक्तपुर पाण्डुबजार बस्ने पासाङ तामाङको मध्यपुर ठिमी अस्पतालमा उपचार भैरहेको छ। काठमाडौंबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा ९५ प ३३१८ को स्कुटर अनियन्त्रित भई फल्टेको प्रहरीले बताएको छ। घटनाबारे अनुनसधान भइरहेको प्रहरी नायब उपरीक्षक शर्माले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री