सिन्धुपाल्चोकमा सिलिन्डर पड्किँदा चार जनाको मृत्यु

काठमाडाैँ । सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किँदा चार जनाकाे मृत्यु भएको छ। भोटेकोसी गाउँपालिका वडा नम्बर ४ स्थित निर्माणाधीन शिवश्री हाइड्रोपावरको कामदार बस्ने कोठामा सिलिन्डर विस्फोट हुँदा चार जनाकाे मृत्यु भएको हो।

सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले मंगलबार बिहान दिएको जानकारीअनुसार मृतकमध्ये दुई जनाको सनाखत भएको छ। मृतकमध्ये दोलखा सिपाश्वरका २३ वर्षीय भाइकाजी शेर्पा र हुम्लाका २४ वर्षीय सञ्जुक लामाको सनाखत भएको उनले बताए। मृतकका ठेगाना पूरै खुल्न बाँकी छ।

शवहरू चिन्नै नसकिने गरी क्षतविक्षत अवस्थामा रहेकाले टाउकाका आधारमा व्यक्ति पहिचान गरिएको डीएसपी काफ्लेले बताए। स्थानीयले अन्य दुई जना पनि हराइरहेकाे बताएकाले उनीहरूको पनि सोही घटनामा मृत्यु भएको अनुमान गरिएको उनले बताए।

उक्त हाइड्रोपावरमा काम गर्ने कामदारले भान्सा कोठामा खाजा पकाउने बेला सोमबार साँझ ग्यास सिलिन्डर विस्फोट भएको प्रहरीले जनाएको छ। घटनाको खबर आएलगत्तै बाह्रबीसेस्थित इलाका प्रहरी कार्यालय र फूलटिमकट्टीस्थित प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा गएको र अहिले अनुसन्धान गरिरहेको डीएसपी काफ्लेले जानकारी दिए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

रामेछाप-सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु

मन्थली । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा …

प्रतिकृया दिनुहॊस