बझाङमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गयो

बझाङ । थलारा गाँउपालिकामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

थलारा गाउँपालिका –५ गौमती खोलामा  बिहीबार बिहान से १ ज १००७ नम्बरको जीप दुर्घटना हुँदा थलारा गाँउपालिका – ६ का सहचालक १९ वर्षीय टीका भट्टराईको घटना स्थालमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

जीप विवाहको सामान पुर्‍याएर फर्कने क्रममा दुर्घटना भएको जनाइएको छ । दुर्घटनापछि चालक फरार छन् । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री