वैदेशिक रोजगार विभागद्वारा १० म्यानपावर कम्पनी खारेज (सूचीसहित)

काठमाडौं । वैदेशिक रोजगार विभागले १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ। विभागकाे गत फागुन १५ गतेको निर्णयले थप १० वटा म्यानपावर कम्पनी खारेज गरिएको हो।

नियमविपरीत काम गरेकाे तथा समयमा नविकरण नगराइएकाेले खारेज गरिएकाे विभागका निर्देशक भोलानाथ गुरागाईंले बताए। वैदेशिक रोजगारीका नाममा एक देश भनेर अर्को देश पुर्‍याउने, एउटा काममा समझदारी गरेर अर्को काममा खटाउने, काम र कमाइको प्रलोभनमा मोटो रकम असुल्ने तथा कामदार विदेश नपठाउनेलगायत कार्य गरी कामदार अलपत्र पार्ने म्यानपावर कम्पनीहरु पीडितहरुको उजुरीका आधारमा समेत खारेज हुने गरेका छन्।

यसअघि विभिन्न समयमा १ सय ९७ वटा म्यानपावर कम्पनी खारेजीमा परेका थिए। हाल १४ सयभन्दा बढी म्यानपावर कम्पनीहरु विभागमा दर्ता भएका छन्। जसमध्ये ११ सय हाराहारीमा मात्रै म्यानपावर कम्पनीहरु सञ्चालनमा रहेकाे बताइन्छ। सरकारले वर्षमा १ सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीलाई समेत खारेज तथा मर्जर गर्ने प्रावधान ल्याएको छ।

खारेजीमा पर्ने कम्पनीहरुकाे सूचीः

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सूचना आयोगको प्रमुख आयुक्तमा डा. आचार्य सिफारिस

काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य सिफारिस भएका छन् । आयोगको …

प्रतिकृया दिनुहॊस