काठमाडौं । काठमाडौंको मैजुबहालमा पिपलको रुखमा झुण्डिएको अवस्थामा एक जनाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका- ७ मैजुबहाल चोकबाट पश्चिमपटि्ट पिपलको रुखको हाँगोमा झुण्डिएको अवस्थामा शव फेला परेको हो ।
गौशाला प्रहरीका मुद्दा फाँटका सई राजेश स्वर्णकारका अनुसार खोटाङ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका अन्दाजी ३५-४० वर्षका आङदेवा शेर्पा मृत फेला परेका हुन् । शव जमिनबाट करिब ८ इन्च माथि छ ।
बिहीबार बिहान करिब सात बजेतिर रुखमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थलमा पुगेको प्रहरीले मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको थियो ।
सई स्वर्णकारले अनुसन्धानको प्रारम्भिक प्रक्रिया पूरा गरेर शवलाई पोष्टपार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको जानकारी दिए । उनले हत्या हो कि आत्महत्या हो भन्ने कुरा पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने बताए ।
प्रतिकृया दिनुहॊस