समाचार

त्रिवि सेवा आयोगमा तोडफोड

काठमाडौँ । आइतबार दिउँसो त्रिवि सेवा आयोगको कार्यालयमा तोडफोड गरिएको  छ । खुल्ला प्रतिस्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै असन्तुष्ट विद्यार्थीहरू कार्यालयमा तोडफोड गर्नुका साथै त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएका छन्। त्रिवि सेवा आयोगले वैशाख १३ सार्वजनिक गरेको खुल्ला प्रतिस्पर्धाको नजितामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठनका पहुँचवाला नेता र राजनीतिक दलका नातेदारहरूको नाम निस्किएको भन्दै विद्यार्थीहरूले असन्तुष्टि जनाउदै आएका थिए ।

पुरा पढ्नुहॊस »

हत्या गरी फरार भएका व्यक्ति ९ वर्षपछि पक्राउ

काठमाडाैं । हत्या गरी फरार  ललितपुर माहानगरपालिका.२, सानेपा बस्ने काभ्रेपलान्चोक माहाभारत गाउँपालिका.२ का ईन्द्र बहादुर मोक्तानलाई ९ वर्षपछि केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंजबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।  २०६७ असार १ गते काभ्रेपलान्चोक गोकुले भन्ने स्थानमा दिर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रयोग गरि हत्या गरेको कर्तव्य ज्यान मुद्धामा फरार ईन्द्र बहादुरलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक, धुलिखेल पठाइएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

७५ वर्षमा नागरिकता पाउँदा दंग

खलंगा । जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गोठीचौर गाउँपालिका–२ की वृद्धा तुथकली बस्नेतले ७५ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छिन्। सोही गाउँपालिका–२ साधेपानीमा शनिबार सञ्चालित एकीकृत घुम्ती शिविरमा उनले सो प्रमाणपत्र बनाएकी हुन्। वृद्धा बस्नेतले २००१ बैसाख ७ मा जन्मेको भए पनि अहिलेसम्म नागरिकता बनाएकी थिइनन्। ग्रामीण भेगबाट सदरमुकाम खलङ्गा प्रशासनमा आउन कठिन भएकाले अहिलेसम्म नागरिकता प्राप्त गर्न नसकेको उनले बताइन्। त्यसैगरी गुठीचौर गाउँपालिका–२ की चाउली बोहोराले …

पुरा पढ्नुहॊस »

चट्याङ लागेर एक जनाको मृत्यु

नुवाकोट । म्यागङ्ग गाउँपालिका–४ मा शनिबार राति परेको चट्याङबाट एक जनाको मृत्यु भएको छ। चट्याङमा परी ६८ वर्षीय निङ तामाङको घरभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवाकोटले जनाएको छ । प्रहरीका अनुसार चट्याङ लागेर एक लैनो भैंँसी, चार बाख्रा र घरमा सामान्य आगलागी पनि भएको छ।

पुरा पढ्नुहॊस »

नेपालमै बन्यो कार्यक्रम चलाउने रोबर्ट

काठमाडाैं । ‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उधिएकी मानवयन्त्र (रोबर्ट)ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले । अतिथिहरुलाई एक एक गरेर नाम लिँदै मञ्चमा बोलाउन थालेपछि कानेखुसी गरेकाहरुको ध्यान पनि मञ्चतर्फ ने मोडियो । कार्यक्रम सञ्चालनमा खटिएकी थिइन्, हाक्पटासीमा सजिएकी फूलमाया । अतिथि मञ्चमा आएर नबस्दासम्म …

पुरा पढ्नुहॊस »

मिडियाप्रति कठोर बन्दै सरकारः करोडसम्म जरिवाना

काठमाडौं । सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुनसक्ने प्रावधान समेटेको छ । कुनै पनि स्वदेशी, विदेशी आमसञ्चार माध्यमले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा …

पुरा पढ्नुहॊस »

कर्मचारी समायोजनको असरः कम्प्युटर चलाउन नजान्ने पनि कर्मचारी

काठमाडौं । स्थानीय तहलाई नियन्त्रण गर्न खोजको भन्दै जनप्रतिनिधिले संघीय सरकार प्रति आक्रोश पोख्न थालेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा सुनील महर्जनले लेखेका छन् । कर्मचारी व्यवस्थापन, कानुन बनाउने सवालमा स्थानीय तहलाई नियन्त्रित गर्न खोजेको जनप्रतिनिधिहरुले आरोप लगाएका छन । स्थानीय तहको निर्वाचन भएसँगै शुरु भएको राज्यका दुई तहबीचको द्वन्द्व घट्नुको साटो क्रमशः झन् झन् बढ्दै गएको पाइएको छ । आरोप, गुनासो र छलफलमा क्रममा देखिने असहमतिबाट शुरु …

पुरा पढ्नुहॊस »

दैलेख केन्द्रबिन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प

दैलेख । दैलेखमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । नौमुले गाउँपालिका वडा नम्बर २ बालुवाटार केन्द्रबिन्दु भएर शनिबार राति १२ बजेर २६ मिनेटमा ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

पुरा पढ्नुहॊस »

पञ्चकोटमा केबलकार बन्ने

बागलुङ । बागलुङको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रूपमा विकास भइसकेको सर्वसिद्धिधाम पञ्चकोटसम्म जाने केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरू गरिएको छ । बागलुङ नगरपालिका–४ को ओडारचौरदेखि नगरपालिकाको वडा नं ६ स्थित पञ्चकोटसम्म केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययन शुरू गरिएको हो । चीनको एक केवलकार कम्पनीका प्राविधिकले बागलुङ नगरपालिकाका पदाधिकारीसँग छलफल गरेर काम थालनी गर्न प्रस्ताव गरेका छन् । नेपाल सरकारले पञ्चकोटलाई १०० पर्यटकीयस्थलको सूचीमा राखेपछि दैनिक पञ्चकोटमा सयौं धार्मिक पर्यटक आउने गरेका छन् …

पुरा पढ्नुहॊस »

लमजुङ । नयाँ मुलुकी संहिता कार्यान्वयनसँगै २०७६ वैशाख २७ गतेसम्म जिल्ला अदालतमा १४५ जोडीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेको जिल्ला अदालत लमजुङले जनाएको छ । विगतमा महिलाले सम्बन्धविच्छेद गर्दै आए पनि नयाँ कानूनसँगै महिलाजस्तै पुरुषलाई सहज भएपछि पछिल्लो समय जिल्लामा पुरुषद्वारा सम्बन्धविच्छेद गर्नेक्रम बढ्दै गएको छ । मुद्दामध्ये ४२ पुरुष दर्ता गरेका छन् । ४२ मध्ये १२ सम्बन्धविच्छेद भइसकेको र ३० मुद्दा बाँकी रहेको श्रेस्तेदार शाखा अधिकृत जगतबहादुर भण्डारीले बताए । …

पुरा पढ्नुहॊस »