समाचार

विधेयक फिर्ता गर्न संचारमन्त्रीसंग कुरा गर्छु– सभामुख

काठमाडौं । संघीय संसदका सभामुख कृष्णबहादुर महराले मिडिया काउन्सिल विधेयकबारे आफू गम्भीर  भएको बताएका छन् । उनले संसदमा गत बिहीबार दर्ता भएको विधेयकका बारेमा प्रेस  क्षेत्रमा चर्को विरोध भएकाले त्यसलाई फिर्ता गर्न वा समन्वयकारी भूमिका खेल्न आफू तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियनका पदाधिकारीसँग ज्ञापनपत्र बुझ्दै सभामुख महराले संसदमा दर्ता भएको विधेयक फिर्ता लिन सकिन्छ कि भनेर संचारमन्त्री गोकुलप्रसाद बास्कोटासंग कुरा गर्ने बताएका छन् । संचारमन्त्री बास्कोटाले संसदमा …

पुरा पढ्नुहॊस »

प्रतिवन्धित भारतीय नोट सहित ६ जना पक्राउ

काठमाडौं ।  एक हजार र पाँच सय दरका गरी करिब १५ लाख ९० हजार ५ सय प्रतिवन्धित भारतीय नोट सहित काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित होटल मेट्रो ईनबाट ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले आइतबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं स्वयम्भू बस्नेहरु धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-४ का २१ वर्षीय शम्भु परियार, दोलखा तामाकोशी गाउँपालिका-३ का २३ वर्षीय राम बिक्रम खड्का, कास्की पोखरा महानगरपालिका-५ का ४० वर्षीय सन्तोष थापा, …

पुरा पढ्नुहॊस »

अझैँ ३ दिन देशभर हावाहुरीसहित पानी पर्ने सम्भावना

काठमाडौं । अझैँ ३ दिन देशका अधिकांश ठाँउमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना रहेकाे  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै केही स्थानमा दिउँसोतिर हावाहुरी चल्न सक्नेछ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । …

पुरा पढ्नुहॊस »

श्रीलंकामा तनाव कायमै, रातिमा देशभर कर्फ्यु

काठमाडौं । श्रीलंकाका सेना र प्रहरीले देश अब सुरक्षित रहेकाले सामान्य जीवनयापनमा फर्किन सबैलाई आह्वान गरेको केही दिनमै हिंसात्मक घटना बढेर गएका छन् । मुस्लिम समुदायविरुद्ध हिंसा बढ्दै गएपछि श्रीलंकाभर रातिमा कर्फ्यु लगाइएको छ ।धेरै स्थानमा मस्जिद र मुस्लिम समुदायका व्यापारिक प्रतिष्ठानहरुलाई निशाना बनाइएको छ । धेरै स्थानमा भिड नियन्त्रण गर्न हवाई फायर र अश्रुग्यास प्रहार गरिएको छ । यद्यपि यस हिंसामा कोही हताहत भएको खबर छैन ।श्रीलंकामा इस्टर सन्डेको …

पुरा पढ्नुहॊस »

६ घण्टाको अवधिमा  छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं ।  करिब ६ घण्टाको अवधिमा भएका ५ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । आइतबार दिउँसो १६:१० बजेदेखि राति २२:४५ बजेसम्मको सो अवधिमा दाङ, बाँके, कपिलवस्तु, नवलपरासी(बर्दघाट सुस्ता पूर्व) र सिराहामा भएका दुर्घटनामा परी ६ जनाको ज्यान गएको  हो ।  दुर्घटनामध्ये दाङ दंगिशरण गाउँपालिका.६ श्रीगाँउस्थित सडकमा ग.१ ज ५६६४ नम्बरको जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने देवीलाल पुनको ७ वर्षीय छोरा किरण …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री ओली भियतनामबाट कम्बोडिया प्रस्थान

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली सोमबार भियतनामानको भ्रमणपछि कम्बोडियाको भ्रमणका लागि प्रस्थान गरेका छन् । उनले त्यहाँ आफ्ना समकक्षीसँग वार्ता गर्ने छन् । आर्थिक र पर्यटन विकास केन्द्रमा राखेर वार्ता गरिने छ । राजधानीमा आयोजना गरिने व्यापार बैठकलाई पनि उनले संवोधन गर्ने कार्यक्रम रहेको छ । उनी आउँदो बुधबार अर्थात जेठ १ गते फर्किने परराष्ट्रमन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।

पुरा पढ्नुहॊस »

काठमाडौंको तापक्रम हिजोभन्दा आज २ डिग्री कम, तीन दिन बादल र वर्षा

काठमाडाै । भुमध्यसागरबाट आएको न्यूनचापीय प्रणालीले देशभरिको मौसममा बदली भएको छ। बादल र वर्षाले काठमाडौं उपत्यकामा आइतबारको तुलनामा सोमबार झन्डै २ डिग्री तापक्रम घटेको छ। आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४.८ डिग्री थियो भने  सोमबार उक्त तापक्रम १३ डिग्री मापन भएको छ। आइतबारको उच्चतम तापक्रम ३२.२ डिग्री पुगेको थियो आज त्यो पनि घट्नेछ। पछिल्लो २४ घन्टामा उपत्यकामा ८ मिलिमिटर पानी परेको र सोमबार अपरान्हपछि वर्षा हुने जल तथा मौसम पूर्वानुमान …

पुरा पढ्नुहॊस »

बर्दिबासमा राेकिराखेकाे ट्रकमा टिपर ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु

जनकपुर । महोत्तरीको बर्दिवास नगरपालिका-५, माइस्थान चाेकमा साेमबार बिहान १ बजे ट्रक र टिपर ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। ना६ख ३०२० नम्बरको राेकिराखेकाे ट्रकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बा५ख ४२२२ नम्बरको टिपरले ठक्कर दिँदा २ जनाकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुबै गाडीका सहचालकको मृत्यु भएको प्रहरीले अनुमान गरेकाे छ। मृत्यु हुनेको नाम र ठेगाना खुलेकाे छैन। दुबै चालकलाई सामान्य चाेटपटक लागेकाेले बर्दिवासस्थित शुभ स्वथित अस्पतालका उपचार भइरहेको बर्दिबासस्थित इलाका प्रहरी कार्यालयले जनाएकाे छ।

पुरा पढ्नुहॊस »

मिडिया काउन्सिल विधेयक विरुद्ध प्रेस युनियनको सञ्चारमन्त्री बहिस्कार कार्यक्रम

काठमाडौं । नेपाल प्रेस युनियनले मिडियालाई नियन्त्रण गर्ने नियत राखी केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक विरुद्ध विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । विधेयक र संसदमा ल्याउने तयारी गरिरहेको आमसञ्चार लगायतका विधेयकका बिरुद्ध नेपाल प्रेस युनियनले सञ्चार मन्त्रीको कार्यक्रम बहिस्कार सहितका कार्यक्रमहरु सार्वजनिक गरेको युनियनले जानकारी दिएको छ । । युनियनको बैठकमा निर्णयहरु यस्ता छन्  १ मिडियालाई नियन्त्रण गर्ने नियतबाट संसदमा मिडिया काउन्सिल विधेयक पेश …

पुरा पढ्नुहॊस »

नेपालको जय नभनेर के इण्डिया अथवा चीनको जय भन्‍ने ? : सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ‘मिडिया काउन्सिल विधेयक’ ल्याएर पत्रकारका लागि कू गर्न खोजेको वताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा  धारणा राख्दै सभापति देउवाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप कदापि स्वीकार्य नहुने बताए । पत्रकारहरुबाट ‘जय नेपाल’ शब्दको अपव्याख्याबारे सोधिएको प्रश्‍नमा सभापति देउवाले नेपालको जय नभनेर के इण्डिया वा चीनको जय भन्‍ने भन्दै प्रतिप्रश्‍न गरेका थिए । जय नेपाल, नेपालको जय …

पुरा पढ्नुहॊस »