कोलगेटले दाँत माझ्नुहुन्छ ? क्यान्सर लाग्न सक्छ, होस् गर्नुहोस्

काठमाडौं। टोक्सिकोलजी पत्रिकामा रासायनिक अनुसन्धान रिपोर्टले कोलगेटमा ट्राईक्लोसा नाम गरेको घातक पदार्थ भएको देखाएको छ। यस पदार्थले समग्र स्वास्थ्यमा असर गर्नुको साथै क्यान्सर पनि विकास गर्न सक्ने क्षमता रहेको अनुसन्धानमा खुलेको छ ।
टोक्सिकोलजी पत्रिकामा रासायनिक अनुसन्धानले भर्खरै प्रकाशित गरेको अध्ययन अनुसार ट्रिकोल्सानको उच्च मात्रामा प्रयोग हुँदा क्यान्सर लाग्ने कोशिकाहरु बढाउँदछ। यस अध्ययनले मात्र नभएर यस अगाडिको अध्ययनले पनि उक्त पदार्थ स्वास्थ्यको लागि हानिकारक रहेको पाईएको उल्लेख गरेको थियो ।

ट्रिक्लोसानले छालाबाट शरीरमा प्रवेश गरेर शरीरको हार्मोनमा असन्तुलन ल्याउने काम गर्दछ। २००८ मा २५१७ मानिसमा गरिएकोको टेस्टको रिजल्ट अनुसार ६ बर्षदेखी माथिको ७५ प्रतिसतको पिसाबमा ट्रिक्लोसान पाईएको थियो । विश्वभर प्रयोग हुने टुथपेस्टमा कोलेगेट प्रसिद्द टुथपेस्टमा पर्दै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री