काठमाडौं । अझैँ ३ दिन देशका अधिकांश ठाँउमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै केही स्थानमा दिउँसोतिर हावाहुरी चल्न सक्नेछ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् ।
त्यस्तै, बुधबार देशभरि आंशिकदेखि सामान्य बदलि रहनेछ भने पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भूभागहरुमा हल्का देखि मध्यम हिमपातको संभावनासमेत रहेकाे महाशाखाले जनाएकाे छ ।
विहीबार देशभरि नै आंशिक देखि सामान्य बदलि रही पश्चिम र मध्य पहाडीका थोरै स्थानहरुमा र पूर्वका केहि स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुने र राति पनि माैसम त्यस्तै किसिमकाे रहने छ ।
प्रतिकृया दिनुहॊस