समाचार

बर्डफ्लु परीक्षण गर्न जापान पठाइयो १७२ को नमुना

काठमाडौं । नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका १७२ जनाको नमुना संकलन गरी सरकारले परीक्षणका लागि जापान पठाएको छ।  सोमबार जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा नमुना पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको समाचार नयाँ पत्रिका दैनिकमा छ। गत चैत १५ मा काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लु संक्रमणबाट ज्यान गएको थियो। सोही ल्याबले ती युवकलाई एच फाइभ एन वान भाइरस लागेको प्रमाणित गरेको थियो।  सरुवारोग विशेषज्ञहरूका …

पुरा पढ्नुहॊस »

पेस्तोल र गोली सहित पक्राउ

काठमाडौं ।  काठमाडौं  रानीबारी बस्ने सिन्धुपाल्चोक मेलाम्ची घर भएका ३० वर्षीय काले भनिने विष्णु तामाङलाई १ थान कटुवा पेस्तोल र सो को गोली ५ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका-७ धापासीस्थित उकालोमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीमाथि गोली प्रहार गर्न खोजेकाले प्रहरीले आत्मसुरक्षाको लागि १ राउण्ड गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको हो । घुँडामुनी गोली लागेर घाइते भएका तामाङलाई उपचारको लागि वीर अस्पताल …

पुरा पढ्नुहॊस »

मोदी फेरी प्रधानमन्त्री बन्ने प्रक्षेपण

काठमाडौं । भारतमा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने सर्वेक्षणहरु गरिएका छन् । अधिकांश भारतीय सञ्चारमाध्यमहरुले भारतीय जनता पार्टी नेतृत्वको गठबन्धनले बहुमत प्राप्त गर्ने देखिएका छन् । उनीहरुले भारतीय जनता पार्टीको एकल बहुमत नआएपछि मोदी पुनःप्रधानमन्त्री बन्ने निष्कर्ष निस्किएको छ । भाजपा नेतृत्वको गठबन्धनले ३०० भन्दा बढी सिटमा जित हासिल गर्ने उनीहरुको सर्वेक्षणमा उल्लेख छ । भारतीय जनता पार्टीले समेत आफ्नो एकल बहुमत नआउने निष्कर्षसहित अन्य दलहरुसँग मिलेर सरकार …

पुरा पढ्नुहॊस »

पौडी खेल्ने क्रममा एकको मृत्यु

काठमाडौं । काठमाडौँबाट पोखरा घुम्न निस्केका एक युवा धादिङमा पौडी खेल्न क्रममा डुबेर मृत्यु भएको छ । गल्छी गाउँपालिका-४ चिरौँदी खोलास्थित त्रिशूली नदीमा नुहाउन गएका बझाङका २५ वर्षीय मनोज बोहोराको डुबेर मृत्यु भएको हो ।

पुरा पढ्नुहॊस »

गुगलद्वारा हुवावेलाई दिँदै आएको प्राविधिक सहायता कटौती

काठमाडौं । सर्च इन्जिन गुगलले स्मार्ट फोन तथा टेलिकम उत्पादक कम्पनी हुवावेका फोनलाई उपलब्ध गराउँदै आएको प्राविधिक सहायता तथा सुरक्षामा कटौती गरेको छ ।  चिनियाँ कम्पनी हुवावे र अमेरिकाबीच विवाद बढिरहेका बेला गुगलले  प्रावधिक सहायता सीमित गर्ने निर्णय गरेको हो । एक विज्ञप्ति जारी गर्दै गुगलले अमेरिकी सरकारको निर्णय पालना गर्ने क्रममा रहेको जनाएको छ ।   गुगलको यस्तो निर्णयसँगै हुवावेले गुगलको सुरक्षा अपडेट र प्राविधिक सहयोग गुमाएको छ । …

पुरा पढ्नुहॊस »

बजेटअघि नै मूल्यवृद्धिः तरकारी र गोलभेडाको भाउ सुनजस्तै

काठमाडौं । यसपाली मूल्यवृद्धि आकाशिएको छ । । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । गोलभेडाको मूल्य १ सय ४० भन्दा पनि बढी छ । त्यस्तै अन्य सिजनल तरकारीको भाउ सोध्नै नसकिने छ ।   आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । बजेटपछि मूल्यवृद्धि हुने  पक्का नै छ । तर, अहिलेनै यसरी तरकारीको भाउ बढेपछि उपभोक्ता चरम मारमा परेका छन्  । अहिले …

पुरा पढ्नुहॊस »

त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु

झापाको काकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबस धादिङमा आज बिहान दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको  छ । एक उक्त घटनामा १ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । ना७ख ४३८७ नंको बस गजुरी गाउँपालिका–६ बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् ।

पुरा पढ्नुहॊस »

आज विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै

आज वैशाख पूर्णिमा अर्थात् २५ सय ६३ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । भगवान् बुद्दले नेपालको लुम्बिनीमा इसापूर्व ५४३ अर्थात् २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए । राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रुपमा जन्मिएका हुन् सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका …

पुरा पढ्नुहॊस »

पार्टीभित्रको कलह नसच्चियाए आगामी निर्वाचनमा पनि कांग्रेस पराजित हुन्छः नेतृ कोइराला

भक्तपुर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आन्तरिक कलहले कांग्रेस सिद्धिने बताएकी छन् । जीपी कोइराला फाउन्डेशन भक्तपुरको आयोजनामा भएको एक कार्यक्रममा बोल्दै नेतृ कोइरालाले पार्टीभित्रको झगडा र गुटैगुटका कारण कांग्रेस कमजोर हुँदै गएको बताउँदै यसलाई नसच्याए आगामी निर्वाचनमा पनि कांग्रेस पराजित हुने बताइन् । कांग्रेस आगामी निर्वाचनमा पनि पराजित नेपालमा एक दलीय कम्युनिष्ट शासन लागू हुने बताउँदै उहाँले पार्टीभित्रको कलह र गुट उपगुट अन्त्य गर्नु पर्ने बताइन् । जीपी …

पुरा पढ्नुहॊस »

देशभरका पत्रकारहरु आन्दोलित

काठमाडौं ।  सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको देशभरका पत्रकार तथा सञ्चारकर्मीले विरोध जनाएका छन्  उनीहरुको एउटा मात्र माग हो, ‘हामीलाई स्वतन्त्रतापूर्वक लेख्ने देऊ ।’ सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक र प्रेस स्वतन्त्रता विरोधी कानूनविरुद्ध उनीहरुले आन्दोलन थालेका हुन् । नेपाल पत्रकार महासंघको नेतृत्वमा देशभरका पत्रकार आन्दोलनमा छन् । नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौंको नयाँ बानेश्वर र अन्य जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकारले धर्ना दिएका …

पुरा पढ्नुहॊस »