काठमाडौं । त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेको शोभाकान्त ढकाल र रामकुमार सुवदीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झण्डै एक करोडका दरले बेचेको पाइएको छ। ‘काठमाडौं छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवैजना केही वर्षमा कान्तिपथको ५ ७ रोपनीमा फैलिएको घरजग्गा आँट्ने हैसियतमा पुगेका थिए’, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतले भन्यो, ‘यो बिचमा उनीहरू अनेक छल, तिकडम, राजनीतिक पहुँच र प्रभावमा खेल्न थाले …
पुरा पढ्नुहॊस »चितवन दूधमा आत्मनिर्भर, औपचारिक घोषणाको तयारी तीव्र
काठमाडाैँ । चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । आन्तरिक उत्पादनले जिल्लामा दूधको माग पूरा गर्ने भएपछि औपचारिक रुपमा आत्मनिर्भर घोषणा गर्न तयारी तीव्र पारिएकाे जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले बताए । दैनिक तीन लाख लिटर दूध उत्पादन हुन थालेको चितवनलाई चितवनमा ६० प्रतिशतले जिल्लाको माग धान्ने गरेको छ । ४० प्रतिशत दूध काठमाडौं, पोखरा, हेटौंडालगायतका शहरमा पुग्दछ । जिल्लामा उत्पादन भएको आधा दूधले यहाँको जनसङ्ख्यालाई पुग्ने भएपछि आत्मनिर्भर जिल्ला घोषणाको …
पुरा पढ्नुहॊस »नरेन्द्र मोदी नेतृत्वको भाजपा विजयी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा बहुमत प्राप्त गर्दै अर्को पाँच वर्षका लागि जनमत प्राप्त गरेका छन्। पछिल्लो मतगणना परिणाममा भाजपाले कूल ५४३ मध्ये लगभग ३०० सिट जित्ने पक्का भएको छ। राहुल गान्धीको नेतृत्वमा रहेको भारतीय राष्ट्रिय कंग्रेसले भने औपचारिक रूपमा निर्वाचन परिणामका बारेमा बोलेको छैन। तर एक जना प्रवक्ता जयवीर सेरगिलले बीबीसीसँग कुरा गर्दै निर्वाचन परिणाम अप्रत्याशित भएको बताएका छन्। “हामीले यस्तो हारको अपेक्षा गरेका थिएनौँ,” …
पुरा पढ्नुहॊस »राहुल गान्धी विजयी
एजेन्सी । भारतको १७ औं लोकसभा निर्वाचनमा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी केरलास्थित वायनाडमा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्द्वी सीपीआईका उमेदवार पीपी सुनेरलाई पराजित गरेका हुन् । गान्धीले ५ लाख २१ हजार पाँच सय ९८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी पीपी सुनेरले १ लाख ९५ हजार पाँच सय १५ मत ल्याएका छन् ।
पुरा पढ्नुहॊस »आमा र छोरीको हत्या प्रयास, घट्नाको प्रकृति आश्चर्यजनक !
झापा । झापाको मेचीनगर नगरपालिका–१० प्रशंसा टोलमा तीन महिला मात्र बस्दै आएको एक घरमा राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा बुढाथोकी घाइते भएका छन् । आक्रमणको घटना राति भए पनि आज बिहान ५ बजेतिर मात्र …
पुरा पढ्नुहॊस »टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु
काठमाण्डौ । तारकेश्वरमा तीनजना चढेको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । तारकेश्वर नगरापलिका–११ जोरङखु लामबगर नजिकै बुधबार राति बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका रसुवाका २७ वर्षीय आकाश तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको हो । मोटरसाइकल पछाडि बसेका नुवाकोटका २८ वर्षका …
पुरा पढ्नुहॊस »बैतडीमा आगलागी : एकै परिवारका तीन जनाको मृत्यु
बैतडी । बैतडीमा गएराती आगलागी हुँदा एकैघरका तीनजनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए। पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका थिए। बुधबार राति खाना खाई टहरामा सुतेका उनीहरु चुल्होको आगो एक्कासी सल्केर …
पुरा पढ्नुहॊस »नेपालकै लगानीमा पहिलोपटक सगरमाथाको उचाइ मापन, ७५ प्रतिशत काम सम्पन्न
काठमाडौं । संसारकै सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनको काम ७५ प्रतिशत सम्पन्न भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले दिएको जानकारीअनुसार उचाइ मापनकै क्रममा बुधबार मात्र सगरमाथाको चुचुरोमा जीपीएसमार्फत १ घण्टा १५ मिनेट निरीक्षण गर्ने कार्य सम्पन्न भएको छ । मन्त्रालयका प्रवक्ता जनकराज जोशीका अनुसार सर्वेक्षण क्रममा भूउपग्रहबाट प्राप्त संकेत लिएर चार जनाको टोली फर्कने क्रममा छ । बुधबार सगरमाथाको चुचुरोमा पुगेको टोली ‘साउथ पोल’ सम्म आइपुगेको …
पुरा पढ्नुहॊस »पाँचथर हत्याकाण्डः आफन्त भन्छन् – एक जनाले मात्र सबैको हत्या गरेको होइन
काठमाडाैँ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे हत्याकाण्डमा मारिएका आफन्तले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन्। दुई परिवारका नौ जनाको हत्या एक जनाले मात्रै गरेको संकेत गरेर प्रहरीले हत्यारा उम्काउन खोजेको उनीहरुको आरोप छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा धरानबाट देबेन्द्र पौडेल, झापाबाट लक्ष्मी काफ्ले र पाँचथरबाट सरोज शर्माले लेखेका छन्। आफन्तले हत्यामा अन्यको पनि संलग्नता भएको दाबी गरेका छन्। आत्महत्या गरेका व्यक्तिलाई सबै दोष देखाएर हत्यारा उम्काउन खोजे सरकार विरुद्ध आन्दोलनमा …
पुरा पढ्नुहॊस »यार्सागुम्बा टिप्न नपाउँदा गाउँ-गाउँबीच नाकाबन्दी !
काठमाडाैँ । बझाङको साइपाल गाउँपालिकाको फराली खेतमा यार्सागुम्बा टिप्न पाउनुपर्ने माग राख्दै तलकोट गाउँपालिकाका बासिन्दाले बुधबार त्यहाँसम्म पुग्ने बाटो बन्द गरिदिएका छन्। साइपाल–३ का बासिन्दाले सामुदायिक वनका नाममा सो ठाउँमा यार्सागुम्बा टिप्न नदिने भएपछि तलकोट–४ का बासिन्दाले नाकाबन्दी गरिदिएका हुन्। वडा ४ का पनालत, स्याडा, कुवा, लोकन्ड र जाडले गाउँ भएर मात्र साइपल पुग्न सकिन्छ। यो खबर आजको नागरिक दैनिकमा बझाङबाट जगत खड्काले लेखेका छन्। १० वर्षदेखि यार्सागुम्बा टिपिँदै आएको फराली …
पुरा पढ्नुहॊस »