टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

काठमाण्डौ । तारकेश्वरमा तीनजना चढेको मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् ।

तारकेश्वर नगरापलिका–११ जोरङखु लामबगर नजिकै बुधबार राति बा ५ ख ६४४९ नम्बरको टिप्परले बा ८० प ७२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडी बसेका रसुवाका २७ वर्षीय आकाश तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको उपचारका क्रममा वीर अस्पतालमा ज्यान गएको हो । मोटरसाइकल पछाडि बसेका नुवाकोटका २८ वर्षका राजकुमार तामाङको वीर अस्पतालमै उपचार भइरहेको छ । मोटरसाइकल चालक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस