समाचार

गुठीको हजारौं रोपनी‘जग्गा हडप्न’ विधेयक

काठमाडाैँ । सरकारले गुठीको हजारौं रोपनी जग्गा भूमाफियाले लिन मिल्ने प्रावधान राखेर ल्याइएको गुठी विधेयकविरुद्ध सदन र सडकमा चर्को विरोध भएको छ । गुठी सञ्चालन र बन्दोबस्तीको नाउँमा विधेयकले प्राधिकरणको परिकल्पना गरी गुठी रकमी, पुजारी, महन्त, गुठियारहरुको अस्तित्व नै समाप्त गर्न खोजेको भन्दै विरोध सुरु भएको हो । ‘गुठीको जग्गा, धर्म, संस्कृति र अन्य परोकारको कामलाई धराशयी पार्ने गरी सरकारले विधेयक ल्याएको छ । विधेयकलाई स्थगन सबै एकजुट भएर अघि …

पुरा पढ्नुहॊस »

नेपाली कार्गो रेल : भारतको कोलकता र हल्दियासम्म पुग्ने

काठमाडौं । अब नेपाली कार्गो रेल भारतको कोलकता र हल्दियासम्म पुग्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाली रेल कोलकाता-हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति दिएको पत्रकार सम्मेलनमा जानकारी दिए। नेपाली टोली र भारतीय रेल मन्त्रालयका अधिकारीहरूबीच भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत रेलसेवा सम्झौताको विस्तृत पुनरावलोकन बैठकबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘अब …

पुरा पढ्नुहॊस »

दुवै सदनमा कांग्रेस सांसदद्वारा गुठी विधेयकको विरोध

काठमाडौं । गुठी विधेयकको विरोधमा भएको प्रदर्शनमा सरकारले अनावश्यक हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्का दुवै सदन विरोध गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बसेको बैठकको सुरुमै कांग्रेसका सांसदहरुले प्रहरी हस्तक्षेपको विरोध गरेका हुन् । उनीहरुले सरकारले जनभावनाविपरित गुठी विधेयक अघि बढाएको र त्यो तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । बैठकमा आजबाट प्रतिनिधिसभामा प्रस्तुत गरिएको विनियोजन विधेयकमाथिको छलफल हुने कायृक्रम छ । बैठकमा बजेटको …

पुरा पढ्नुहॊस »

बलात्कारको आरोपमा एक जना पक्राउ

रुपन्देही । बुटवलमा बलात्कार गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ । बुटवल बस्ने १५ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–११ बुद्धनगर बस्ने ३७ वर्षका बिष्णु प्रसाद कुँवरलाई आइतवार बिहान प्रहरीले पक्राउ गरेको हो । विगत केही समयदेखि बालिकालाई पटकपटक जबरजस्ती करणी गर्दै आएका कुँवरलाई वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले कुवरलाई सोही ठाउँस्थित बिनापाते भन्ने स्थानबाट पक्राउ गरेको थियो ।

पुरा पढ्नुहॊस »

लोक सेवाको विज्ञापन रद्द गर्ने संसदीय समितिको निर्देशन

काठमाडौं । सत्तारुढ दलकै केही सांसदहरुको असहमति बीच प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले स्थानिय तहका लागि खुलाएको विज्ञापन स्थगित गर्न निर्देशन दिएको छ । समितिको आज बिहान बसेको बैठकले संविधान र कानुन विपरीत विज्ञापन खुलाएको ठहर गर्दै लोक सेवा आयोग र सामान्य प्रशासन मन्त्रालयलाई भर्ना प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो । समितिले स्थानिय तहमा तत्काल ओएनम सर्वेक्षण गर्न र  आवश्यक परे स्थानिय तहलाई नै स्थायि पदपुर्ती नहुँदा सम्म …

पुरा पढ्नुहॊस »

बुटवलमा २१ तोला सुनसहित एक जना पक्राउ

रुपन्देही । बुटवलमा २१ तोला सुन सहित स्याङजाका भिमबहादुर भाट क्षेत्री पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार स्याङजा आँधीखोला ६ का ४५ वर्षीय क्षेत्रीलाई २१ ताेला सुन र नगदसहित बुटवलको बसपार्क नजिकैबाट पक्राउ गरिएको हो । शंकास्पद रुपमा हिडिरहेका क्षेत्रीमाथी शंका लागेर खोजतलास गर्ने क्रममा २१ तोला सुन र २ लाख ६१ हजार भारतीय मुद्रा फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ । उनलाई राजश्व सम्बन्धी कसुर अनुसार …

पुरा पढ्नुहॊस »

पाल्पामा च्याउ खाँदा दुई जनाकाे मृत्यु, ९ जनाको उपचार चल्दै

पाल्पा । पाल्पामा च्याँउ खाएर मृत्यु हुनेकाे संख्या दुई पुगेको छ । उपचारको क्रममा निस्दी गाँउपालिका वडा नम्बर ३ कार्कीडाँडाका ४ वर्षीय विष्णुसिंह ठकुरीको ज्यान गएपछि मृत्यु हुनेको संख्या दुई पुगेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ठकुरीको आइतबार बेलुका पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । जंगली च्याँउ खाँदा गम्भीर बिरामी परेकी ९ वर्षीया निर्मला ठकुरीको शनिबार बेलुका उपचारको क्रममा पुरानो मेडिकल कलेजमै ज्यान गएको थियो । गएकाे शुक्रबार साँझ घर …

पुरा पढ्नुहॊस »

इँटाले हिर्काएर श्रीमतीकाे हत्या

कपिलवस्तु । कपिलवस्तुको सिद्धार्थ क्याम्पसस्थित बुङ्ची टोल नजीकै एक व्यक्तिले श्रीमतीलाई इँटाले हिर्काएर हत्या गरेका छन् । अत्यधिक मादक पदार्थ सेवन गरेर आइतबार अपराह्न ४ बजेतिर आएका श्रीमान्लाई सामान्य गाली गर्न थालेकी श्रीमतीले त्यही कारण ज्यान गुमाएकी हुन् । वाणगङ्गा १ बुङ्चीकी ३९ वर्षीया गीता चौधरीको ४९ वर्षीय श्रीमान् अगमानले हत्या गरेकाे प्रहरीले जनाएकाे छ । घटनाको खबर पाउनासाथ तत्काल पुगेको प्रहरीले घाइतेलाई एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल बुटवल पठाए पनि साँझ अस्पतालले …

पुरा पढ्नुहॊस »

तातोपानी नाका : नियमित सञ्चालनमा आउन अझै डेढ महीना लाग्ने

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका नियमित सञ्चालनमा आउन अझै डेढ महीना लाग्ने भएको छ । चीनको आग्रहमा जेठ १५ देखि औपचारिक रूपमा नाका खुले पनि पूर्ण सञ्चालनमा आउन भने समय लाग्ने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र चिनियाँ भन्सार विभागमा भाइस मिनिस्टरले जेठ १५ मा संयुक्त रूपमा नाका उद््घाटन गरेका थिए । २०७२ वैशाख १२ को भूकम्पपछि उक्त नाका बन्द थियो …

पुरा पढ्नुहॊस »

स्याटेलाइट खरिद : भ्रष्टाचारको आरोप लागेको कम्पनीसँग सम्झौताको तयारी

काठमाडौं । भ्रष्टाचार आरोपमा विश्व बैंकले कालो सूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटलाइट खरिद सम्झौता गर्ने भएको छ। तीन महिनाअघि समझदारीपत्रमा हस्ताक्षर भइसकेको यो कम्पनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणको क्रममा सम्झौता गर्ने तयारी छ। हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पादन गर्न थेल्स ग्रुपको पृष्टभूमि विवादास्पद छ। कम्बोडियामा एक आयोजनामा भ्रष्टाचार गरेको भन्दै यो ग्रुपअन्तर्गतको थेल्स इन्जिनियरिङ कन्सल्टिङ कम्पनीलाई विश्व बैंकले सन् …

पुरा पढ्नुहॊस »