पाल्पामा च्याउ खाँदा दुई जनाकाे मृत्यु, ९ जनाको उपचार चल्दै

पाल्पा । पाल्पामा च्याँउ खाएर मृत्यु हुनेकाे संख्या दुई पुगेको छ । उपचारको क्रममा निस्दी गाँउपालिका वडा नम्बर ३ कार्कीडाँडाका ४ वर्षीय विष्णुसिंह ठकुरीको ज्यान गएपछि मृत्यु हुनेको संख्या दुई पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार ठकुरीको आइतबार बेलुका पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको हो । जंगली च्याँउ खाँदा गम्भीर बिरामी परेकी ९ वर्षीया निर्मला ठकुरीको शनिबार बेलुका उपचारको क्रममा पुरानो मेडिकल कलेजमै ज्यान गएको थियो ।

गएकाे शुक्रबार साँझ घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा बिरामी भएका ४५ वर्षीय पूर्णबहादुर खाँचा, उहाकी श्रीमती ३६ वर्षीया चनकुमारी, छोरी १५ वर्षका बिमला खाम्चा, स्थानीय ८० वर्षीय प्रेम बहादुर ठकुरी,  २९ वर्षीया दानमायासिंह ठकुरी, ८ वर्षीय सुमन ठकुरी, ३० वर्षीय धन कुमारी ठकुरी, १४ वर्षीय निरुता ठकुरी र १२ वर्षीया निसा ठकुरीको पूर्वी नवलपरासीकाे मध्यविन्दु अस्पताल डण्डामा उपचार भैरहेको छ ।

शनिबार अपराह्नदेखि बिरामी परेका उनीहरुलाई बान्ता हुने,  बेहोस हुने, अत्तालिने जस्ता समस्या देखिएको स्थानीयले जनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस संसदीय दलको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक एक दिनलाई सरेको छ …

प्रतिकृया दिनुहॊस