Gold bars

बुटवलमा २१ तोला सुनसहित एक जना पक्राउ

रुपन्देही । बुटवलमा २१ तोला सुन सहित स्याङजाका भिमबहादुर भाट क्षेत्री पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार स्याङजा आँधीखोला ६ का ४५ वर्षीय क्षेत्रीलाई २१ ताेला सुन र नगदसहित बुटवलको बसपार्क नजिकैबाट पक्राउ गरिएको हो ।

शंकास्पद रुपमा हिडिरहेका क्षेत्रीमाथी शंका लागेर खोजतलास गर्ने क्रममा २१ तोला सुन र २ लाख ६१ हजार भारतीय मुद्रा फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।

उनलाई राजश्व सम्बन्धी कसुर अनुसार कारवाही हुने प्रहरीले जनाएकाे छ । क्षेत्रीकाे साथबाट प्रहरीले चाँदी र मोबाइल पनि बरामद गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस