कञ्चनपुरमा जेसिबीको ठक्करबाट तीन जनाको मृत्यु, पाँच घाइते

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा जेसीबीले अटोरिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान से१त ७३३ नंको जेसिबीले ठक्कर दिँदा मे१ह ७६३ नंको अटोरिक्सामा सवार एक महिला र दुई पुरुषको मृत्यु भएको कञ्चनपुरका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका अन्य पाँचजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा भीमदत्तनगरपालिका–१० का १८ वर्षीया जगदीश पार्की, बैतडी देहीमाडौँका ३२ वर्षीया लक्ष्मी बोहरा, उहाँका तीन वर्षीया छोरा निशान्त बोहरा, भीमदत्तनगरपालिका–११ का २६ वर्षीय प्रेम थापा र बेल्डाँडी गाउँपालिका–७ का २६ वर्षीय सन्तोष लुहार रहेको छन् ।

जेसिबी चालक भने फरार रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको पहिचान खुलेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds