धादिङमा तरकारी बोकेको जिप दुर्घटनाहुदाँ ४ यात्रुको मृत्यु

धादिङ । धादिङको  गजुरी ४ बाट तरकारी बोकेर गल्छी बजार आउँदै गरेको जिप दुर्घटनाहुँदा ४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गल्छी ४ निवासी ३८ वर्षीय राजु रम्तेल, सेतु मिजार, वडा नम्बर ६ निवासी ३० वर्षीय कान्छी भुजेल र नानु तामाङ रहेका छन् ।

बा १८ च ९४०८ नम्बरको जिप तरकारी र तरकारी बेच्ने किसानहरु बोकेर गल्छी बजार आउँदैगर्दा  दुर्घटनामा  परेको हो । दुर्घटनामा  १० जना यात्रु घाइते भएका छन्।

घाइतेहरुको स्थानीय गजुरी अस्पताल, गल्छी स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री