अर्थमन्त्रीले डराएर बजेट ल्याए : डा. भट्टराई

काठमाडौं । समाजवादी पार्टी, नेपालको संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आर्थिक वर्ष २०७६/७७ को बजेट नयाँ नभएको बताएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले ‘डराएर’ बजेट ल्याएको बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बजेटमाथि धारणा राख्दै भट्टराईले भने, ‘अर्थमन्त्री डराएको जस्तो लाग्यो।

यता जाउँ कि, उता जाउँ भन्ने रूपमा बजेट प्रस्तुत गरेजस्तो लाग्यो। वर्तमान बजेट संक्रमणकालिन अवस्थाको जस्तो आउन नहुने थियो तर अहिले पनि त्यस्तै पाराको बजेट आएको भट्टराईको भनाइ थियो।

उनले भने, ‘विगतको भन्दा पछाडि हटेर बजेट आएको जस्तो लाग्यो।’ अहिलेको बजेट आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउने र विकास खर्च पनि बढाएर ल्याएको भए अर्थतन्त्रमा सही किसिमले प्रभाव पार्ने थियो भन्ने भट्टराईको भनाइ थियो। बजेटको संरचनामा कुनै पनि परिवर्तन नआएको उनको भनाइ थ यो।

उनले भने, ‘संरचनामा कुनै परिवर्तन आएन। त्यसमा कुनै खुसी रहनुपर्ने अवस्था छैन।’ आर्थिक वृद्धिदर ७ प्रतिशत गर्ने लक्ष्य लिनु राम्रो भए पनि तथ्यांक नै सबै कुरा नभएको भट्टराईको भनाइ थियो।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस