बाजुरामा जीप दुर्घटना, ३ जनाको मृत्यु, ११ घाइते

काठमाडौं ।  बाजुराको जगन्नाथ गाउँपालिका –५  भुवाखोलामा जिप दुर्घटना भएको छ।  कोल्टीको पिलुचौरबाट कालिकोटको जितेगडा जाँदै गरेको प १ ज २१ नम्मरको जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी ३ जनाको मृत्यु बाजुरका प्रहरी प्रमुख उद्धवसिंह भाटले जानकारी दिए। घटनामा ११ जना घाइते भएका छन्। जीपमा सवार १५ जना मध्ये २ जना सकुसल रहेको प्रहरीले जनाएको  छ। जीप उकालोमा चढ्न नसकेर कर्णाली करिडोरको  सडकबाट ५० मिटर तल खसेको बताएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री