रोकियो महिला बन्दीगृहको निर्माण

तनहुँ । जिल्लाका कारागार तनहुँ परिसरभित्रै निर्माणाधीन महिला बन्दीगृहको काम रोकिएको छ। बन्दीगृह निर्माणका क्रममा सम्झौतामा नभएका अत्यावश्यक संरचना थप गर्नुपर्ने भएपछि निर्माण रोकिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन गोरखाले जनाएको छ।

गत जेठ मसान्तसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने बन्दीगृहको परिमार्जित संरचना निर्माण गर्नका लागि म्याद थपको माग गर्दै निर्माणको काम स्थगित गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाइ भवन गोरखाका प्रमुख सुनिता श्रेष्ठले जानकारी दिइन्।

उनका अनुसार बन्दीगृह निर्माणका क्रममा कडा सजाय भोग्ने कैदीबन्दीलाई छुट्टै राखिने गोलघर निर्माण छुटेको छ। कडा सजाय भोग्ने कैदी राख्ने गोलघर सम्झौतामा उल्लेख नभएपछि निर्माणका लागि सम्झौता र म्याद थपको माग गरिएको प्रमुख श्रेष्ठको भनाइ छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री