म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नं २ फापरखेत र बागलुङ जिल्लाको बागलुङ नगरपालिका ५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका वासिन्दाले डेढ घण्टा पैदल हिडेर पुग्नु पर्ने ठाउँमा अव दुई मिनेटमा नै पुग्न सक्ने भएका छन्।
बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध (सिमाना) मा बग्ने ठूलो खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय ललितपुरको झोलुङ्गे पुल कार्यक्रम अन्तर्गत सो पुल निर्माण गरिएको हो।
१ करोड ३९ लाखको लागतमा निर्माण भएको सो पुलको लम्वाई २ सय ६० मिटर र उचाइ ८५ मिटर रहेको पुल निर्माणको जिम्मा लिएका ठेकेदार नरहरि खड्काले जानकारी दिए। ठेकेदार खड्काका अनुसार गत माघ महिनादेखि निर्माण शुरु गरेको सो पुल निर्धारित मिति भन्दा ९ महिना अघि नै निर्माण सम्पन्न भएको बताए।
प्रतिकृया दिनुहॊस