समाचार

सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस् : देउवा

बर्दिवास । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् । महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति देउवाले आज बिहान आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् । ‘अहिले बिपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्’, सभापति देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘यस्तो समयमा आफ्नो, पराया …

पुरा पढ्नुहॊस »

विद्यार्थी मृत्यु प्रकरणः दश दिनसम्म शव उठेन, शिक्षकहरु नियन्त्रणमा

भीमदत्तनगर । शिक्षकको कुटाईबाट ज्यान गएका भीमदत्त नगरपालिका मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको दश दिनसम्म अन्त्येष्टी हुन सकेको छैन । भारतस्थित अस्पतालमा उपचारका क्रममा ज्यान गएका उनको पोष्टमार्टम रिपोर्ट नआएकाले अन्त्येष्टि हुन नसकेको हो । शवको पोष्टमार्टम रिपोर्ट भारतबाट आउने भएकाले पुनः पोष्टमार्टम गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै शवको अन्त्येष्टि नगरिएको कञ्चनपुरका प्रहरी प्रमुख (एसपी) दिनेश कुमार आचार्यले जानकारी बताएका छन् । असार १३ गते विद्यालय बाहिर साथीभाईसँग झगडा …

पुरा पढ्नुहॊस »

मोरङको पथरीमा बस दुर्घटना : एकजनाको ज्यान गयो, २२ जना घाइते

मोरङ । मोरङको पथरीमा मिनी ट्रक र  बस ठोक्किँदा एक जनाको ज्यान गएको छ । बिहीबार बिहान मे १ च ९३९१ को मिनी ट्रकसँग को १ ख ४८४२ नम्बरको बस ठोक्किएको हो । मोरङको रमाइलोबाट झापातर्फ जाँदै गरेको को १ ख ४८४२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । दुर्घटनामा १ जनाको ज्यान गएको र २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले …

पुरा पढ्नुहॊस »

बहुविवाह गर्ने कर्मचारीले पेन्सन नपाउने : लालबाबु पण्डित

काठमाडौं । सरकारले बहुविवाह तथा जातीय विदेभ गर्ने कर्मचारीमाथी कडा कारवाहीको व्यवस्था ल्याउने भएको छ । कर्मचारीहरुबाटै बहुविवाह हुने गरेको घटना बेला बेला सार्वजनिक हुने गरेपछि सरकारले त्यसलाई निरुत्साहित गर्न कडा कदम चाल्न लागेको हो । त्यसको लागि सरकारी कर्मचारीले बहुविवाह गरे वा जातीय विभेद गरे उनीहरुले पाउने पेन्सन कटौती गर्ने सम्मको कानून बनाउँदैछ । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले जातीय छुवाछुत गर्ने, कार्यालयमा यौनहिंसा गर्ने, बहुविवाह गर्ने, अन्य देशको …

पुरा पढ्नुहॊस »

रुपन्देहीमा ५ वटा बुद्धमुर्ति तोडफोड

बुटवल । रुपन्देहीको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको छ । सडकको मेडिएनमा राखिएका बुद्धमर्ती मध्ये गएराती अज्ञात समूहले शंकरनगर चोकदेखि नयाँ मिलसम्मका ५ वटा मुर्ति तोडफोड गरेको तिलोत्तमा नगरपालिका मेयर बासुदेव घिमिरेले जानकारी दिए । तिलोत्तमा नगरपालिकाको लगानीमा बुटवल बेहलहिया सडक खण्ड अन्तरगत तिलोत्तमा नगरपालिकाको योगिकुटीदेखि मंगलापुरसम्म बुद्धका मुर्ति राखिएको  थियो । गत वैशाख १ गते प्रदेश ५ …

पुरा पढ्नुहॊस »

‘फेसएप’ नचलाउन विशेषज्ञको सुझाब

काठमाडौँ ।  बुढेसकालको अनुहारमा आफु यस्तो देखिने रहेछ् भन्दै हिजोआज सामाजिक सञ्जालका प्रयोगकर्ता ‘फेसएप’को सहाराले बुढोभएको फोटो पोष्ट गरिरहेका छन । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् । ‘फेस एप ओल्ड फिल्टर’ एउटा यस्तो एप हो जुन उपयोगकर्ताको अनुहार परिवर्तन गरी बढी उमेर भएपछि कस्तो देखिने भन्ने तस्बिर सार्वजनिक गर्छ। ट्वीटर, इन्स्टाग्राम, फेसबुकलगायतका सामाजिक सञ्जालमा यो एपको …

पुरा पढ्नुहॊस »

उच्च अदालत तुलसीपुरमा ७५ प्रतिशत बढी मुद्दा फछ्र्योट

दाङ । उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्षमा अदालतमा परेका मुद्दामध्ये ६०६ मुद्दा फछ्र्योट गरेको जनाएको छ । अदातलतका उपरजिष्ट्रार प्रेम खड्काले आव २०७४–७५ बाट जिम्मेवारी सरी आएका १८४ र गत आवमा दर्ता भएका ६१७ गरी कूल ८०१ थान मुद्दामध्ये ६०६ मुद्दा फछ्र्योट गर्न सफल भएको बताए । एक वर्षको अवधिमा अदालतको ५५३ मुद्दा फछ्र्योट गर्ने अर्थात् ७० प्रतिशत मुद्दा फछ्र्योट गर्ने लक्ष्य रहेकामा लक्ष्यभन्दा बढी ५३ थान अर्थात् ७५।६५ …

पुरा पढ्नुहॊस »

बाढी पहिरोमा ज्यान गुमाउनेकाे संख्या ८८ पुग्याे, ३१ जना बेपत्ता

काठमाण्डौ । गएको साता बिहीबारदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ८८ जना पुगेको छ । यसैगरी बुधबार बेलुकासम्ममा बाढी, पहिरो र डुबानका कारण ३१ जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढी पहिरोमा घाइते भएकामध्ये ११ जनाको उपचार भैरहेको र अन्यको उपचारपछि घर फिर्ता पठाइएको छ । बाढी, पहिरो र डुबानामा परेका ३ हजार ३ सय ६६ जनाभन्दा बढीको उद्धार गरिएको …

पुरा पढ्नुहॊस »

मेचीराजमार्ग अन्र्तगत फिदिम-राँके सडकखण्ड अवरुद्ध

पाँचथर । मेचीराजमार्ग अन्र्तगत पाँचथरको फिदिम—राँके सडकखण्ड अन्र्तगत फाल्गुनन्द ३ को पाङग्रेभीरमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहिबार बेलुकाबाटै पहिरो झरेर सडक अवरुद्ध हुँदा अहिले पूर्वी पहाडी जिल्ला पाँचथर,ताप्लेजुङ र तेह्रथुम बाट जाने र इलाम, झापाबाट आउने सवारी साधानहरु रोकिएका छन् । ठूलो पहिरो झरेका कारण पन्छाउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनक तिम्सिनाले बताए । अहिले स्काभेटर,नेपाल प्रहरी र शसस्त्र प्रहरी तथा स्थानियको प्रयासमा पहिरो …

पुरा पढ्नुहॊस »

राम मन्दिरको जग्गाः थियो तीन सय ७३, छ तीन रोपनी

काठमाडाैँ । गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ । कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए । अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र छ । नाङ्लेभारे, लप्सीफेदी र साँखुमा मन्दिरका नाममा रहेको जग्गा सबै मोहीकै नियन्त्रणमा छ । जग्गाको खासै आयस्ता पनि आउँदैन । वर्षको २ …

पुरा पढ्नुहॊस »