काठमाडौं- आज र भोलि देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले वताएकाे छ । मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा तथा स्थानीय वायूको प्रभावले पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले हिजाे मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्नेक्रममा अाज देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने जानकारी दिएकाे हो । यस्तै देशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले वताएकाे छ । महाशाखाका अनुसार बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा पानी पर्नेछ । देशका केही स्थानमा भने भारी वर्षा हुने सम्भावना छ ।
उता भाेली देशभर सामान्य बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भागका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । पूर्व र मध्यका केही स्थान र पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विशेषगरी पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड र चुरेबाट बहने खोलामा जलसतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले धारणा राखेकाे छ ।
यस्तो छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको ३ दिनको मौसम पूर्वानुमान
साउन ८ गते
देशभर सामान्यदेखि पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा वर्षा हुनेछ।
साउन ९ गते
देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तथा मध्यका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।
प्रतिकृया दिनुहॊस