धादिङ । थाक्रे गाउँपालिका–८ त्रिभुवन राजपथमा शनिबार राति भएको सवारी दुर्घटनामा एक सवारी चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्बर ६ का २८ वर्षीय बलराम तामाङ रहेको प्रहरीले जनाएको छ। तसर्पुबाट नौबिसेतर्फ जाँदै गरेको बा १७ च ५३६ नम्बरको सामान बोकेको गाडी सडकबाट खोल्सामा खस्दा तामाङ घाइते भएका थिए।
उनको उपचारको क्रममा मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। सडकबाट करिब १५० मिटर तल खसेपछि गाउँवासीले उद्धार गरी अस्पताल लगिएको थियो। गाडीका सहचालक गम्भीर घाइते भएकाले थप उपचारका लागि काठमाडौं पठाइएको छ।
तपाईंको प्रतिकृया



