समाचार

दसैं अग्रिम टिकट बुकिङ ५ असोजबाट, दसैंमा बस भाडा नबढ्ने

काठमाडौं। हिन्दूहरूको महान् चाड दसैंको अवसरमा आगामी ५ असोजबाट बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । सरकार र व्यवसायीबीच बिहीबार भएको वार्तामा ५ असोजदेखि दसैंको लागि टिकट खुला गर्ने सहमति भएको हो । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारसँगको छलफलबाट आगामी ५ असोजबाट टिकट खुला गर्ने निर्णय भएको बताए । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा यातायात व्यवसायी महासंघका प्रतिनिधि, ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायतका सरोकारवाला निकायको बैठकले …

पुरा पढ्नुहॊस »

आज इन्द्रजात्रा मनाइँदै

ललितपुर ।  इन्द्रजात्रा पर्व आज शुक्रबार मनाइँदै छ । भाद्र शुक्ल चर्तुदर्शीका दिन काठमाडौं उपत्यकालगायत धुलिखेल, दोलखालगायतका स्थानमा स्वर्गका राजा देवराज इन्द्रको पूजा अर्चना गर्दै इन्द्र जात्रा पर्व मनाइने गरिन्छ । भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन गएको मंगलबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि यो जात्रा सुरु भएको हो । इन्द्रजात्राको १ दिनअघि बार ५४ जना कुमारीको पूजा  गरिएको छ । जात्राको मुख्य दिन हनुमानढोका दरवारक्षेत्रमा दिउँसो राष्ट्रप्रमुखका रूपमा …

पुरा पढ्नुहॊस »

दसैंको अग्रिम टिकट असोज ५ बाट

काठमाडौं ।  दशैं मनाउन राजधानी बाहिर जाने यात्रुका लागि असोज ५ बाट अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।बिहीबार यातायात व्यवस्था विभागमा बसेको विभागका महानिर्देशक, यातायात व्यवसायी तथा ट्राफिक प्रहरीको संयुक्त बैठकले असोज ५ देखि अग्रिम बस टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

पुरा पढ्नुहॊस »

रकम अभावले इन्द्रजात्रा मनाउन समस्या

काठमाडौं । रकम अभावकै कारण इन्द्रजात्रा पर्व मनाउन समस्या हुँदै आएको छ । सरकार र महानगरले सीमित मात्रामा मात्रै बजेट निकासा गर्दा इन्द्रजात्रा सञ्चालनका लागि व्यक्तिगत रूपमा सहयोग माग्नुपर्छ ।  इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले  प्रत्येक वर्ष आफूहरुले सहयोग रकमबाटै जात्रा सञ्चालन गर्दै आएको बताए । उनका अनुसार यस वर्षको जात्रा सञ्चालनका लागि सरकारबाट रु  १४ लाख र काठमाडौँ महानगरपालिकाबाट रु १० लाख गरी रु २४ लाख सहयोग भएको …

पुरा पढ्नुहॊस »

करेन्ट लागेर बुबाको मृत्यु, छोराछोरी गम्भीर घाइते

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकामा गएराति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।मृत्यु हुनेमा एकडारा गाउँपालिका–४ चकवागाउँ बस्ने ४९ वर्षीय सियाराम ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार ठाकुरको घरको भुइँमा नाङ्गो तार झरेको अवस्थामा गएराति अचानक सो तार छुन पुगेपछि बुबा सियारामको करेन्ट लागेको देखेर छोराछोरीले बचाउन खोज्दा उनीहरुलाई पनि करेन्ट लागेको थियो …

पुरा पढ्नुहॊस »

रुकुम पश्चिममा पहिरो : २ बालिकाको ज्यान गयो

रुकुम । रुकुम पश्चिममा ढिस्कोले पुर्दा दुई बालिकाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नं. १० चुन निवासी १० बर्षीया सावित्री विक र १२ बर्षीया दिलमाया विकको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले माथिवाट झरेको ढिस्कोले पुर्दा विक द्धयको घटनास्थलमै मृत्यु भएको बताए । डिएसपी खड्का अनुसार विद्यालय बाट दलित नमुना बस्तिमा फर्किए लगतै विक द्धयलाई ढिस्कोले पुरेको हो ।

पुरा पढ्नुहॊस »

अज्ञात समूहले तीनवटा डोजरमा मध्यराती आगो लगायो

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–५ बगुवाखोलामा राखिएका तीन डोजरमा अज्ञात समूहले बुधबार राति आगो लगाइदिएको छ । निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीको बिएन कन्ट्रक्सनका तीन जेसिभीमा अज्ञात समूहले आगो लगाइदिएको हो । बेनी तथा जिल्लाका विभिन्न योजनाहरुमा काम गर्ने गरी तयारी अवस्थामा राखिएका डोजरमा गए राति आगो लगाइदिएको बिएन कन्ट्रक्सनका सञ्चालक नारायण जिसीले जानकारी दिए । उनले निष्पक्ष छानबिनको मागसमेत गरे । आगलागीबाट तीनवटै जेसिभी जलेर नष्ट भएका …

पुरा पढ्नुहॊस »

पूर्वाधार सम्मेलन : ठूला पूर्वाधारमा लगानी गर्न आग्रह

काठमाण्डौ । सरकारले देश लामो समयको सङ्क्रमणकालपछि राजनीतिक स्थायित्वसँगै समृद्धिको मार्गमा लम्किरहेकाले नेपालमा ठूला पूर्वाधारमा लगानी गर्न आग्रह गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा राजधानीमा भएको ‘नेपाल पूर्वाधार सम्मेलन, २०१९’ अन्तर्गतको ‘पूर्वाधार र क्षेत्रीय सम्पर्क सञ्जाल’ विषयको सत्रलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक तथा बाह्य लगानीका लागि नेपाल अहिले सबैभन्दा राम्रो र उपयुक्त गन्तव्य भएको बताउनुभयो । …

पुरा पढ्नुहॊस »

कुकुरको टोकाइले मरे तीन हरिण

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण भुस्याह कुकुरको टोकाइबाट मरेका छन् भने एउटा घाइते भएको छ । बुधबार बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा चार वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले बताए । कुकुरको टोकाइबाट मरेका हरिणमध्ये दुई वटा पोथी र एउटा भाले रहेको जिल्ला डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले …

पुरा पढ्नुहॊस »

करेन्ट लागेर ५ वर्षीय बालकको मृत्यु

पर्सा । करेन्ट लागेर  एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धोविनी गाउँपालिका.२ का धरिचन वैठाका ५ वर्षीय छोरा मिन्टु वैठा छन् । उनको घरमै करेन्ट लागेर मृत्यु भएको हो ।  

पुरा पढ्नुहॊस »