People hoisting the wooden pole also called 'Lingo' on the first day of the Indra Jatra festival at Hanuman Dhoka in Kathmandu on Friday, 25 September, 2015. The eight-day long festival celebrates Indra, the god of rains. Kumari, the living goddess, is also taken around parts of the capital city in a religious procession during the festival. Photo: Dipesh Shrestha/Nagarik/Republica

आज इन्द्रजात्रा मनाइँदै

ललितपुर ।  इन्द्रजात्रा पर्व आज शुक्रबार मनाइँदै छ । भाद्र शुक्ल चर्तुदर्शीका दिन काठमाडौं उपत्यकालगायत धुलिखेल, दोलखालगायतका स्थानमा स्वर्गका राजा देवराज इन्द्रको पूजा अर्चना गर्दै इन्द्र जात्रा पर्व मनाइने गरिन्छ ।

भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन गएको मंगलबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि यो जात्रा सुरु भएको हो । इन्द्रजात्राको १ दिनअघि बार ५४ जना कुमारीको पूजा  गरिएको छ । जात्राको मुख्य दिन हनुमानढोका दरवारक्षेत्रमा दिउँसो राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुने २५ वडा काठमाडाैँ जात्रा व्यवस्थापन समितिका राजन मर्हजनले जानकारी दिए ।

यो जात्राका बेला जीवित देवीकुमारी, भैरव र गणेशको रथयात्रा गरिंने परम्परा छ । इन्द्रजात्रामा तानिने रथयात्राको राष्ट्रपतिले अवलोकन गर्नुहुनेछ , मर्हजनले भने , तल्लो टोलबाट रथ तानेर माथिल्लो टोलसम्म पु¥याइन्छ । जात्राभरि , लाखेनाच, महाकाली नाच, दशअवतार तथा देवताहरूका राजा इन्द्रको बाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्यंसत्तअको बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस