बाँके । यस वर्ष दशैँका लागि बाँकेका महिला उद्यमीले पालेका तीन हजार खसी काठमाडौँ पठाइने भएका छन् । गत वर्षको दशैँमा एक हजार ५०० खसी काठमाडौँ पठाएकामा अहिले त्यसलाई दोब्बर गरी तीन हजार खसी पठाउने लक्ष्य राखिएको सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घकी अध्यक्ष गङ्गा शाहले जानकारी दिइन् । उनका अनुसार, बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर, महादेवपुरी, बिनौना, बैजापुर, कुसुम, फत्तेपुरलगायत गाउँमा महिलाले पालन गरेका खसी सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घमार्फत …
पुरा पढ्नुहॊस »विप्लवका छोरा प्रकाश चन्दसहित १५ जना पक्राउ
चितवन । सरकारबाट प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द(विप्लव)का छोरा प्रकाश पक्राउ परेका छन् । उनी चितवन मेडिकल कलेज परिसरबाट पक्राउ परेका हुन् । उनीसहित अन्य १५ जना विद्यार्थी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले जानकारी दिए । केही दिन अगाडिदेखि चितवन मेडिकल कलेजका विद्यार्थी विभिन्न माग राखी आन्दोलनरत छन् । अस्पतालको सेवा प्रवाहमा अवरोध गरेको र तोडफोड गर्न खोजेपछि प्रकाशसहित १५ जना पक्राउ गरिएको प्रहरीले …
पुरा पढ्नुहॊस »सुन चोरी गरी फरार युवक पक्राउ
सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–३ तामाखानीमा चोरेर भाग्दै गर्दा एक युवक पक्राउ परेका छन्। मंगलबार दिउँसो लिखुपिके गाउँपालिका–३ का करिब २७ वर्षीय विनोद बस्नेत पक्राउ परेका हुन्। स्थानीय सावित्री राजभण्डारीको घरबाट सुन तथा नगद चोरेर भाग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए। बस्नेतले सावित्रीको घरबाट एक तोला सुनको सिक्री, एक तोलाको औँठी, आधा तोलाको अर्को औंठी र केही रकम चारेका प्रहरीको भनाइ …
पुरा पढ्नुहॊस »कांग्रेसले बीपीको मर्म बुझ्न सकेन : वरिष्ठ नेता पौडेल
तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले बीपीको मर्म बुझ्न नसकेको बताएका छन् । राष्ट्रिय जागरण अभियानका अवसरमा कांग्रेस तनहुँले बुधवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्न नसकेको बताए । ‘बीपी जयन्तीमा देशैभर कार्यक्रम भयो तर कांग्रेस कार्यकर्ताले बीपीको आदर्शलाई बुझेका छन् कि छैनन्, यो मुख्य प्रश्न हो,’ वरिष्ठ नेता पौडेलले भने, ‘बीपीको सिद्धान्त र आदर्शलाई बुझेर अगाडि बढ्नुपर्छ ।’ उनले बीपी …
पुरा पढ्नुहॊस »रुखले किचेर दाङमा एक बालकको मृत्यु
दाङ । दाङमा रुखले किचेर एक बालकको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका सोतीटाला निवासी १० वर्षीय सुजन खत्रीको मृत्यु भएको हाे। विद्यालयवाट घर फर्कदै गर्दा मंगलवार अपरान्ह रुख ढलेर किच्दा उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। रुखले लागेर सोही ठाउँका अर्का ९ वर्षीय तिलक खत्री घाइते भएको र उनको उपचार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोदविक्रम शाहले बताए।
पुरा पढ्नुहॊस »नेकपामा विवादै विवाद, छुट्टाछुट्टै गुट सञ्चालन
काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ तथा रामबहादुर थापाल छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो । नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी टिप्पणी गर्न थालेपछि सचिवालय बैठकले सामाजिक सञ्जालमा टिप्पणी गर्नै नपाउने निर्णयसमेत गर्नुपरेको थियो …
पुरा पढ्नुहॊस »म्याग्दीमा पढ्दा पढ्दै विद्यालय भत्कियो
म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको एक विद्यालय भवन भत्किएपछि कक्षामा पढ्दै गरेका विद्यार्थीको भागाभाग भएको छ । मंगलबार दिउँसो कक्षा चलिरहेको समयमा ओखरबोट माध्यमिक विद्यालयको पुरानो भवन भत्किएको हो । दिउँसो अचानक कक्षा ६ को कोठाको गाह्रो (पर्खाल) भत्किएपछि पढ्दै गरेका विद्यार्थीको भागाभाग भए पनि कसैलाई केही नभएको विद्यालयका प्रधानाध्यापक नवीन कार्कीले बताउनुभयो । विद्यालय भवनको तल्लोपट्टि पहिरो गएका कारण भवन भास्सिएको र जुनसुकै बेला पूरै भवन भत्कन …
पुरा पढ्नुहॊस »डिजेल र पेट्रोलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले तीन इन्धनको मूल्य घटाएको छ । निगमले डिजेलरमट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको छ । मूल्य घटेसँगै प्रतिलिटर डिजेलरमट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।
पुरा पढ्नुहॊस »फ्रान्समा उखरमाउलो गर्मीका कारण दुई महिनामा करिब १५सय को मृत्यु
उखरमाउलो गर्मीका कारण फ्रान्समा गत जुलाईदेखि जुन महिनामा १,४३५ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। फ्रेन्च रेडियोसँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री यानएस बुएजाले मृत्यु हुनेमध्ये आधा ७५ वर्षभन्दा बढी उमेरमा व्यक्ति रहेको जानकारी दिइन्। तर समयमै सावधानी अपनाइएका कारण सन् २००३ मा युरोपमा देखा परेको चरम गर्मीको तुलनामा मृत्युदर १० गुणा कम रहेको बुएजाले बताइन्। गत जुनमा फ्रान्समा अहिलेसम्मकै सबैभन्दा उच्च तापमान ४६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। जुलाईमा राजधानी …
पुरा पढ्नुहॊस »५६ जिल्लामा डेंगु, यस्ता छन् डेंगुका लक्षण
काठमाडौं । डेंगुको संक्रमण डरलाग्दो बन्दै गएको छ । गत वैशाख अन्तिम सातादेखि सुनसरीको धरानमा डेंगु पहिलो पटक देखिएको थियो । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमण ५६ जिल्लामा फैलिसकेको जनाएको छ। अहिलेसम्म प्रदेश १ को ९ , प्रदेश २ को ७, प्रदेश ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश ५ को ११, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंङ्गुको संक्रमण …
पुरा पढ्नुहॊस »