समाचार

आगामी कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यहि कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले वताएकाे छ । मन्त्रालयले शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर्ष मुनिका बालबालिकाहरुको पोषणको अवस्था जाँच गर्ने, ६ …

पुरा पढ्नुहॊस »

सरकारले संवैधानिक रुपमा प्राप्त महिला अधिकार कार्यान्वयन गर्दैछः मन्त्री थापा

काठमाण्डौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थाममाया थापाले संवैधानिक रुपमा प्राप्त महिला अधिकार कार्यान्वयनमा सरकार लागि परेको बताएकी छन् । ‘संविधानले महिला र पुरुषलाई समान अधिकार दिएको छ । संवैधानिक रुपमा प्राप्त ति अधिकार कार्यान्वयनका लागि राज्य नीतिगत ब्यवस्था गर्न लागिरहेको छ’ बिहिबार चौथो विश्व महिला सम्मेलनको समिक्षाका लागि ललितपुरमा आयोजित राष्ट्रिय परामर्श गोष्ठीको उद्घाटन गर्दै मन्त्री थापाले भनिन् । मन्त्री थापाले सबै क्षेत्रमा महिलाको उपस्थिति ५० प्रतिशत …

पुरा पढ्नुहॊस »

प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनिता शर्मा

काठमाडौं । उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनिता शर्मा पर्न सफल भएकी छिन् । शर्मा बेलायती प्रसारण संस्था(बिबिसी)को उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा  पर्न सफल भएकी  हुन् । बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने संसारभरीका सय प्रेरणादायी एवं प्रभावशाली महिलाको सूचीमा शर्मासँगै विश्वका विभिन्न क्षेत्र तथा पेसामा रहेका अन्य देशका ९९ सय महिलालाई राखेको छ । शर्मा द सोसल चेन्जमेककर्स एण्ड इनोभेटर्सकी संस्थापक हुन् । उनले नेपालका महिला तथा बालिकालाई …

पुरा पढ्नुहॊस »

अपरेशन गर्दा टाउकोमा चोट लागेका नवजात शिशुको मृत्यु

गुल्मीको रुरु गाउँपालिका ५ कि सरिता श्रेष्ठको पेटमा रहेको ७ महिनाको बच्चा डाक्टरले भदौ २४ गते शल्यक्रिया गरी निकाल्ने क्रममा टाउको काटिएको प्रहरीले जानकारी दिएकाे छ । टाउकाे काटिएपछि तीनवटा टाँका लगाई भेन्टिलेटरमा राखी उपचार गरिएको शिशुको बिहीबार सवा ७ बजे मृत्यु भएको वताइएकाे छ। सुत्केरी आमाको अस्पतालमा उपचार भइरहेको छ ।

पुरा पढ्नुहॊस »

पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन

काठमाडौं । पूर्वअर्थमन्त्री मधुकर शमशेर राणाको निधन भएको छ । ७९ वर्षे राणाको मेडिसिटी अस्पताल ललितपुरमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले वताएकाे छ । राणा लामो समयदेखि मुटु रोगबाट पीडित थिए । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि अर्थमन्त्री बनेका थिए । व्यवस्थापन अर्थशास्त्रका अध्यापक राणा पुराना पुस्ताका अर्थशास्त्रीको रुपमा चिनिन्थे । स्वर्गीय राणाका श्रीमती र २ छोरा छन् ।

पुरा पढ्नुहॊस »

मझगाउँ विमानस्थलको सम्भाव्यता अध्ययन गरिंदै

कन्चनपुर । झण्डै दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थलको सम्भाव्यता अध्ययनका लागि प्राविधिक टोली महेन्द्रनगर पुगेको छ । रियलपात ईन्जिनियरिङ्ग कन्सलटेन्सीको पाँच सदस्यीय प्राविधिक टोली महेन्द्रनगर पुगेको हो । टोलीले चार पाँच दिनभित्र प्राविधिक विषयको अध्ययन गरेर नागरिक उड्डयन मन्त्रालयमा प्रतिवेदन बुझाउने जानकारी गराएको छ । ७२ सिटका जहाज संचालनका लागि एक हजार ८ सय ८० मिटरको रनवे आवश्यक पर्ने भएकाले जमिनको व्यवस्थापन हुन सके विमानस्थल संचालनमा आउने प्राविधिकले …

पुरा पढ्नुहॊस »

विप्लवको बैठकमा प्रहरीको छापा, २१ जना पक्राउ

दाङ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ कार्यकर्ता पक्राउ परेका छन् । प्रहरीले पार्टीको आन्तरिक बैठकमा छापा मार्दै २१ जनालाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गढवाका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नं ४ को मुग्रेटाखोला स्थित एक जंगलबाट पक्राउ गरिएको हो । पार्टीको आन्तरिक तयारी बैठक भईरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर पक्राउ गरेको हो । पक्राउ …

पुरा पढ्नुहॊस »

चितवनबाट तेह्र हजार मतदाता उपनिर्वाचनमा सहभागी हुँदै

चितवन । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा जिल्लाबाट १३ हजार २८४ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन कार्यालय चितवनका अनुसार जिल्लाका दुई स्थानीय तहका तीन वडामा गरी उनीहरुले उपनिर्वाचनमा सहभागिता जनाउन लागेका हुन् । कार्यालयका प्रमुख हरि ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ र खैरहनी नगरपालिकाको वडा नं ४ र ५ मा उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि कार्यालयले मतदाता नामावलीको अन्तिम रुप दिएको हो । जसअनुसार भरतपुर महानगरपालिका–१६ मा …

पुरा पढ्नुहॊस »

ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

चितवन । चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । ना१३प ६७०३ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४ यज्ञपुरीका भविस केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका २२ वर्षीय सुशान्त अधिकारी र १९ वर्षीय प्रशान्त अधिकारी घाइते भएका छन् । उनीहरु दुवैको पुरानो …

पुरा पढ्नुहॊस »

जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो

कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराको घटनास्थलमै ज्यान गएको छ । घरदेखि जङ्गलको बाटो भएर बाणीतर्फ जाने क्रममा बुधबार दिउँसो बोहरालाई ज¬ङ्गली हात्तीको बथानले आक्रमण गरेको अस्थायी प्रहरी पोष्ट बन्साहाका प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिए। ‘घरबाट बाणीतर्फ जाने क्रममा बाटोमा जङ्गली हात्तीको आक्रमणमा घटनास्थलमै ज्यान गएको देखिन्छ’ प्रहरी सहायक निरीक्षक पन्तले भने । केही सातायता जिल्लाका शुक्लाफाँटा, भीमदत्तनगरपालिका र बेदकोट नगरपालिकामा …

पुरा पढ्नुहॊस »