प्रचण्डबाट राजनीतिक बेइमानी भयो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले प्रचण्डले गठबन्धन भत्काएर राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको छ । भर्खरै सकिएको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक बेइमानी गरेको निष्कर्ष निकालेको हो ।

बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डले कांग्रेसलाई विश्वासघात गरेको बताए । ‘कांग्रेस सबै गठबन्धनप्रति इमानदार रह्यो । गठबन्धनमा भएका सहमतिमा हामी प्रतिबद्ध रह्यौँ । तदनुसार नै काम गरौं,’ उनले भने, ‘प्रचण्डले हामीलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो । यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा लिएका छौं ।’

नेपाली कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । ‘उहाँले गर्नुभएको विश्वासघात, राजनीतिक बेइमानी लगायतका कुरालाई हामीले ठहर र अनुभूति गरेर हामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिएका छौँ,’ लेखकले भने, ‘अब नेपाली काँग्रेस संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्दछ ।’

प्रमुख सचेतक लेखकले नेपाली काँग्रेसले संघीय संसदमा रहेका नेपाली काँग्रेसका सम्पूर्ण सदस्यहरूलाई संसदमा देश र जनताका हितमा प्रभावकारी रूपले प्रस्तुत हुन र रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्न निर्देशन समेत दिइएको बताए । बैठकमा पछिल्लो समयमा विकसित र परिवर्तित राजनीतिक घटनाका बारेमा पनि छलफल भएको उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्याकक्षबाटै पक्राउ

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ परेका छन् । उपत्यका अनुसन्धानका …

प्रतिकृया दिनुहॊस