सांकेतिक तस्बिर

खेल्दाखेल्दै खाल्टोमा खसेर २ किशोरीको मृत्यु, एक बेपत्ता

काठमाडौं । कञ्चनपुरमा खाल्टोमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । एकजना बेपत्ता छन् ।

बिहान पुनर्वास नगरपालिका – ५ ‘ग’ गाउँमा रहेको रातोफाले खल्लामा डुबेर ३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये १५ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।

उनका अनुसार १६ वर्षीया आरती बोगटी अझै वेपत्ता छन् । उनीहरु तीनैजना आफन्त रहेको र खेल्दाखेल्दै पानीमा खसेको हुनसक्ने प्रहरीले जनाएको छ । १२ वर्षकी अञ्जली बोगटी पनि सँगै गएको तर उनी फिर्ता आएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस