हेड सेफ राहुलबाबु श्रेष्ठ (दायाँबाट पहिलो)

दुईवटा मिसोलान स्टार पाएको दुबईको यो रेष्टुरेन्ट जहाँ हेड सेफ छन् नेपालका राहुल बाबु श्रेष्ठ

काठमाडौँ । उत्कृष्ट पाककला भएको रेष्टुरेन्टले पाउने मिसोलान स्टार यसपालि दुबईमा रहेको रेष्टुरेन्ट ‘रो अन फोर्टिफाइभ’ ले प्राप्त गरेको छ ।

बेलायति सेफ आर्थनटनले दुइ दशक अघि दुबईको हिलटन क्रिकबाट सुरु गरेको यो रेष्टुरेन्टले हालसम्म दुईवटा मिसोलन प्राप्त गरिसकेको छ । खानामा राखिने सामाग्रिको गुणस्तर ,स्वादको सन्तुलन र सेफको दक्षतालाई प्रस्तुत गरि मेनुमा निरन्तरता दिएको रो अन फोर्टिफाइभमा हेड सेफको रुपमा नेपालका राहुल बाबू श्रेष्ठ कार्यरत छन् ।

सन् २०१३ देखि श्रेष्ठले विभिन्न रेष्टुरेन्टमा इन्टर्सिप गर्दै आफ्नो व्यवसायिक करियरको सुरुवात गरेका थिए । यसै क्रममा लन्डन र सिंगापुरमा जसनसँग र ३ वटा मिसोलन स्टार पाएको नर्वेको रेष्टुरेन्टमा समेत काम गरिसकेका छन् ।

सन् २०१६ मा फेरी उनी जसनसँगै काम गर्न दुबई पुगेका थिए । हाल उनी रो अन फोर्टिफाइभमा सेफ दी क्युजिनसँगै मेनको इन्चार्ज र डिस डेभलप्मेन्टमा रहि एक्जुकिटिभ सेफ ड्यान बर्कसँग किचन टिम सम्हालिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस