महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंकबीच एकिकृत

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र यती डेभलपमेण्ट बैंक लिमिटेड एक आपसमा गाभिएर बनेको महालक्ष्मी विकास बैंक लि.को एकिकृत कारोबार शुरु  भएको छ । आइतबार नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवी नेपालले एक समारोहका बीच सो बैंकबीचको कारोबारको उद्घाटन गरेका छन् ।महालक्ष्मी विकास बैंक र यती डेभलपमेण्ट बैंक लि.गाभिए पछि बैंकको चुक्तापुँजी २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । साथै, निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ करोड र संचालन मुनाफा ६८ करोड रुपैयाँ पुगेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाल राष्ट्र बैंकबाट एकिकृत बैंकको इजाजत पत्र पाइसकेपछि बसेको संचालक समितिको पहिलो बैठकले बैंकको अध्यक्षमा राजेश उपाध्यायलाई मनोनित तथा प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईलाई नियुक्त गरेको छ । दुवै बैंकको सहमति भए बमोजिम संचालक समितिमा राजेश उपाध्याय, संजय गिरी, अरुण राज सुमार्गी, राजेश कुमार रौनियार, विरेन्द्र कुमार संघई र रुपेन्द्र पौडेल चयन भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस