हिमालय ऊर्जा विकास कम्पनीले २४ करोड ७५ लाखको साधारण सेयर जारी गर्ने

हिमालय ऊर्जा विकास कम्पनीले २४ करोड ७५ लाख रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासनका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।हिमालय ऊर्जा विकास कम्पनीले निर्माण उपल्लो खिम्ती १२ मेगावाट र अप्पर खिम्ती–२ , ७ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । एक साथ निर्माणाधीन दुवै आयोजनाको ४० प्रतिशत काम पूरा भइसकेको छ । आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई ९ करोड ९० लाख रुपैयाँ बराबरको ९ लाख ९० हजार कित्ता र सर्वसाधारणलाई १४ करोड ८५ लाख रुपैयाँ बराबरको १४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गार्डियन माइक्रो लाइफको साधारण शेयर निष्काशनका लागि कुमारी क्यापिटल नियुक्त

काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्रति शेयर १०० रुपैयाँ अंकित दरको २२,५०,००० कित्ता …

प्रतिकृया दिनुहॊस