पोखरिया नगरपालिकाद्वारा पोषाक तथा शैक्षिक सामग्री वितरण

वीरगंज ।पोखरिया नगरपालिका कार्यालयले दलित छात्रछात्रा तथा मुस्लिम छात्राहरुलाई शैक्षिक सामग्री तथा पोषाक वितरण कार्यक्रमको उदघाटन गरेको छ ।
श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना विद्यालयका पोखरियाका ३ सय ३२ दलित छात्रछात्रा तथा मुस्लिम छात्राहरुलाई स्कुल ब्याग, पोषाक तथा अन्य शैक्षिक सामग्रीहरु वितरण गरि आज उक्त कार्यक्रमको उदघाटन गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक व्यास महतोको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा छात्रछात्राहरुलाई प्रमुख अतिथि पोखरिया नगरपालिकाका नगर प्रमुख दिपनारायण रौनियार, उप-प्रमुख सल्मा खातुन, प्रमुख प्रशासकीय अधिकृत नाथु साह, सहयोगी नेपाल पर्साका अध्यक्ष तबरेज अहमद, प्रधानाध्यापक व्यास महतो लगयातले शैक्षिक सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरिया नगरपालिकाका नगर प्रमुख दीपनारायण रौनियारले आफुले पोखरिया नगरपालिकाका हरेक बालबालिकालाई विद्यालयमा भर्ना गराई उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने वाचा गरेका थिए ।
उनले उपस्थित सम्पूर्ण छात्रछात्राहरुलाई शिक्षाको महत्वको बारेमा जानकारी गराउदै विद्यालय बाहिर रहेका गाउँ घरका अन्य बालबालिकाहरुलाई पनि विद्यालय जान प्रेरणा दिन अनुरोध गरेका थिए ।
पोखरिया नगरपालिका कार्यालयद्वारा संचालित उक्त कार्यक्रम अन्तर्गत नगरका सम्पूर्ण सामुदायिक विद्यालयहरुका दलित छात्रछात्रा तथा मुस्लिम छात्राहरुलाई पोषाक तथा शैक्षिक सामग्री वितरण गरिने छ । उदघाटन कार्यक्रमको संयोजन सहयोगी नेपाल पर्साले गरेको थियो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नास आईटीद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयन गर्न जोड

काठमाडौं । आर्थिक वर्ष २०८१-८२ को बजेटलाई नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् …

प्रतिकृया दिनुहॊस